सामाजिक संस्था आरम्भद्वारा २५ सय मास्क वितरण

सामाजिक संस्था आरम्भद्वारा २५ सय मास्क वितरण

चैत १०, इटहरा : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण भित्रिन नदिन रतुवामाई १० मा रहेको आरम्भ नाट्य डबली सचेतनामुलक कार्यक्रममा सक्रिय भएको छ ।

आरम्भले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन रतुवामाई नगरपालिकाका विभिन्न स्थानमा मास्कसहित सेनिटाइजर वितरण गरेको छ ।

आरम्भ नाट्य डबली कला साहित्य मञ्चले कोरोना भाइरसको संक्रमणकाट बच्नका लागि मासिसहरुको बढी भिडभाड हुने नगरका सोमबारे, टालिभट्टा, दाम्राभिट्टा, कादुपाडा लगायतको स्थानमा २५ सय मास्क र हात धुने सेनिटाइजर वितरण गरिएको समितिका अध्यक्ष समिर सुवेदीले जानकारी दिनुभयो ।

मास्क वितरण गर्दै अध्यक्ष सुवेदीले कोरोना भाइरसको सम्भाव्य जोखिमबाट बच्नका लागि सेनिटाइजरले नियमित हात धुनका साथै हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, सवारी साधनका चालक, सहचालक तथा सर्वसाधरण नागरिकलाई कोरोनाबाट सुरक्षित रहन सकिने विधिका बारेमा जानकारी दिदै जनचेतनामुलक पर्चा पनि हातहातमा प्रदान गरिएको हो, सुवेदीले भन्नुभयो, “ सबै नागरिक यसबाट आफै पनि सचेत हुनुपर्छ । ”

 

सम्बन्धित खवर