रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथाका साना सिमानाका शिल

रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथाका साना सिमानाका शिल

रबिन्द्र बराल, रंगेली

प्रदेस सरकारले मोरङका एकदर्जन साना नाका वन्द गर्ने निर्णय गरेको छ । इलाका प्रहरी कार्यालय अन्तगर्तपर्ने रंगेली नगरपालिकाको आमगाछी र धनापट्टि, चोप्राहाका दुुइ स्थान तथा धनपालथान गाउपालिका अन्तरगत अमाही, खैरवना र नोचा नाका तथा सुनवर्षी नगरपालिकाको वरडङ्गा र सिक्टि नाका वन्द भएको छ । रतुवामाई नगरपालिकाको घटिचोक, सोनापुर र गुटुङ्गा सिमाना बन्द गरिएको हो ।

सो नाकामा आवत जावतमा रोक लगाउन उच्च सर्तकता अपनाइको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए । यस अघि सो नाकामा प्रहरीले स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क संचालन गर्दै आएको थियो । प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईको सयोजकत्वमा नोभेल कोरोना भाइरस रोकथाम, प्रतिरक्षा तथा उपचार समन्वय उच्च स्तरिय निर्देशन समितिले सो निर्णय गरेको हो ।

यसैगरि समितिले विराटनगर रानी नाका भएर तेश्रो मुलुकबाट हुुने आवतजावतलाई पुर्ण रुपले वन्द गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले विराटनगर रानी नाका भएर भारतबाट आउने नेपालीहरुको आवतजावतलाई थप व्यवस्थित गर्ने तथा कडाइका साथ हेल्थ जाचको व्यवस्था गर्ने निर्णय गरेको छ । सो नाकामा नेपाल भारत दुुवैतर्फ हेल्थडेस्क संचालन हुुदै आएका छन् ।

कोरोना भाइरस सक्रमित फेला परे त्यस्ता व्येक्तिलाई क्वारेन्टाइनमा राख्ने तथा संघिय, प्रदेस र स्थानिय सरकारसंग समन्वय र सहकार्य गरि आवश्यक मेडिकल सामाग्री खरिद गर्नेपनि समितिले निर्णय गरेको छ । समितिले अत्यावश्यक काम वाहेक हिडडुल तथा हाटबजारमा आवतजावत नर्गन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर