नरेस कुमार लाभ, बिराटनगर
भारतमा जारी जनता कर्फ्युले नेपालका सिमा नाकामा पनि प्रत्यक्ष असर पारेको छ । कर्फ्युको असर जोगवनी नाकामा पनि परेको छ ।
भारत तर्फ कर्फ्यु लागेपछि नाकामा आवत जावत ठप्प रहेको छ । छिटफुट रुपमा आउने जानेको पनि तापक्रम नापेर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ । नाका आसपासका कुनैपनि पसलहरु खुलेका छैनन् । नेपाल तर्फको चहल पहल पनि घटेको छ । सिमा नाकामा भारतीय र नेपाली सुरक्षाकर्मीहरुको बाक्लो उपस्थीति रहेको छ । सिमा सिल गरिएको भएता पनि केही पर रहेको खुल्ला स्थानबाट भने निरन्तर आवत जावन भइरहेको छ । सो खुल्ला स्थानमा न कुनै चेकजाँच छ न त कुनै रोकावट नै । सो क्षेत्रबाट कोरोना लागेको मानिस नै आएपनि सिधै नेपालमा आउन सक्दछ ।