पथरी शनिश्चरेको न्यायिक इजलास बन्द

पथरी शनिश्चरेको न्यायिक इजलास बन्द

पथरी, कोरोना भाइरस प्रतिको सतर्कताका लागि पथरीशनिश्चरे नगरको न्यायिक समितिले आफ्ना न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ ।

आज न्यायिक समितिको बैठकले न्यायिक समितिले उजुरीहरु उपर छलफल गर्न, म्याद तामेली गर्ने सहितका सम्पूर्ण काम चैत २१ गतेसम्मका लागि स्थगित गरिएको नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।

यसैगरी, भिडभाडमा कोरोनाको संक्रमण बढ्न सक्ने भएकाले नगरमा आइतबार र विहीवार लाग्दै आएको पथरी हाटलाई समेत तत्काल बन्द गरिएको १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनदले जनाउनु भयो । उहाँले वडाको विपद व्यवस्थापन समितिमार्फत तत्काललाई हाट वन्द गरिएको वताउनु भयो । यस क्रममा आइतबार सागसब्जी पसलमात्र हाटमा सञ्चालनमा आएको थियो ।

सम्बन्धित खवर