डम्बर सिन्चिउरी, लेटाङ
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिट १९ (कोरोना) भाईरसको संक्रमणबाट स्थानियवासीलाई बचाउने उद्देश्यले मोरङ्गको लेटाङ्ग नगरपालिका हरेक दिन जस्तो सरोकारवालाहरुसँग बैठक बसी एक पछि अर्को थप निर्णयहरु गर्दै त्यसलाई कार्न्वयन गर्न सक्रिय भएर लागिपरेकोछ ।
नगरपालिकाले माहामारीबाट नगरवासीलाई जोगाउन हिजो चैत्र ८ गते शनिबार दिउँसो नगर वडाध्यक्षहरु, आम सरोकारवाला, विभिन्न पार्टी प्रतिनिधि, स्थानिय सञ्चारकर्मीहरु सहितको आकास्मिक बैठक नगर प्रमुखकै कार्य कक्षमा बसी दुई वटा थप निर्णय गरेको छ।
हिजो गरिएको निर्णयहरु ः
१. स्थानिय निजी स्वास्थ्य क्लिनिकहरुमा जँचाउन आउने विमारीहरुको ईतिहास सहितको विवरण राख्न लगाउने र उक्त विवरण सम्बनधित क्लिनिकहरुले हरेक दुई दुई दिनमा नगरपालिकाको स्वास्थ्य शाखामा अनिवार्य पेश गर्न अनुरोध गर्ने ।
२. नगरपालिकामा बाहिरबाट आपुर्ती हुँदै आएको मासुजन्य पदार्थ (हाँस, कुखुरा, माछा, राँगा, सुगुर लगाएतका पदार्थ) मा चैत्र १० गते देखि २१ सम्मको लागि पुर्णरुपमा वन्देजलगाउन सम्बन्धित निकाय वा सरोकारवालाहरु सबैमा अनुरोध गर्ने निर्णय गरिएको प्रमुख प्रसाशकिय अधिकृत अच्युत प्रसाद दाहालले बताउनुभएकोछ ।
अधिकृत दाहालका अनुसार यस भन्दा अघि पनि महामारी नियण्त्रण कै पहल स्वरुप चैत्र ५ र ७ गते नगर विपद व्यवस्थापन समितिको दुईवटा आकस्मिक बैठकले अन्य निर्णय समेत गरिसके को थियो ।
१. कोरोना रोकथाम का उपाय तथा निर्देशन को प्रचार प्रसारलाई निरन्तरता दिने ।
२. बजारमा हुनसक्ने कालो बजारीलाई नियण्त्रण गर्न स्थानिय बजारहरुमा अनुगमन गर्ने ।
३. स्वास्थ्यकर्मिहरुलाई अत्यावस्क सामाग्री तथा महामारीलाई आवश्यक औषधी उपलब्ध गराउने ।
४. विपद व्यावस्पन समितिलाई सक्रियरुपमा परिचालीत गर्ने ।
५. बजारमा अति आवस्यक सामाग्रि आपुर्तिलाई सहज गर्न स्थानिय उध्योग पाणिज्य संलाई अनुरोध गर्ने ।
६. विपद व्यावस्पनका साझेदर संस्थाहरुलाई पुर्ण परिचालन गर्ने ।
७. नगर भित्र रहेका विभिन्न संस्थाका एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राखिराख्न अनुरोध गर्ने ।
८. माहामारी सँग सम्बन्धित जानकारी लिन वा दिन नगर स्वस्थ्य प्रवक्ता लागि स्थानिय स्वास्थ्यकेन्द्र का प्रमुख डा. अनुपम कोईरालालाई तोक्ने ।
दोश्रो दिन
१. स्थानिय वडा नम्बर ९ जाँते को धार्मिक चौक, वडा नम्बर २ फडानिको न्यौपाने चौक र ४ नम्बरको गंगे चौकमा हेल्थ डेस्क स्थापना गर्ने ।
२. सरकारी मापदण्ड (२५ जना) भन्दा माथि जमघट हुन सक्ने जस्ता कार्यक्रम रोक्न सम्बन्धित संघ संस्थामा अनुरोध गर्ने ।
३. बैदेशिक रोजगारीबाट हालै स्थानिय ठाउँमा फर्केका एवं अन्य देश बाट आएका नागरिकको आँकडा राख्ने ।
४. सार्वजनिक यातायातलाई डिसइन्फेक्सन गरि चलाउन अनुरोध गर्ने ।
५. स्थानिय हाट बजारलाई अर्कोसुचना जारी नभए सम्मको लागि बन्द गर्ने ।