उदयपुर : विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ अहिले विश्वनै आतंकित बनेको छ । कोरोनालाई नियन्त्रण गर्नका लागी नेपाल सरकारले पनि विभिन्न किसिम्मा रणनितीहरु अपनाई रहेको छ।
त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका २ का वडाले वडावासीलाई माक्स वितरण गरेका छन् । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष सन्तोष सुवेदीले ३५ सय वटा माक्स वितरण गर्नुभएको हो ।
महामारीकोरुपमा फैलिरहेको कोरोना रोकथाम तथा संक्रमण नियन्त्रणमा सहयोग पुग्ने उदेश्यका साथ वडामा माक्स वितरण गरिएको वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । वडाको प्रत्येक टोलटोलमा माक्स वितरण कार्य गरिएको छ ।
वडाध्यक्ष सुवेदी जिल्लाकै वडाहरु मध्ये काम गर्ने र जनताका समस्या समाधानमा गर्ने काममा निकै अगाडी रहेका स्थानीयहरु बताउँछन ।