हिमाल फार्मेसीको मनपरी ः नभाँचिएको हातमा डा. पोख्रलले प्लास्टर गरिदिए

हिमाल फार्मेसीको मनपरी ः नभाँचिएको हातमा डा. पोख्रलले प्लास्टर गरिदिए

पथरी, दमकको हिमाल फार्मेसीले बिरामीको ज्यान माथी खेलवाड गरेको पाइएको छ । भाचिँदै नभाचिँएको हातको प्लास्टर गर्न लगाएर चर्को रकम समेत असुलेको पिडितले गुनासो गरेका छन् ।

पथरी शनिश्चरे नगरापलिका वडा नं. ४ की एलिना दाहाल फागुन १६ गते साइकल कुदाउने क्रममा लडेर घाइते भइन् । घाइते दाहालको उपचारका लागि दमक स्थीत हिमाल फार्मेसीमा लगेको दिदि निसा दाहालले बताइन् । निसाका अनुसार फार्मेसीका डाक्टर अनुप पोख्रेलले अगाडीको अर्को क्लिनीकमा एक्स रे गर्न लगाए । एक्स रे आएपछि घाइते दाहालको हात भाचिँएको भनेर डा. पोख्रेलले प्लास्टर गरिदिएका थिए ।

एलिनको एसईई नजिकै आएका कारण परीक्षाको तयारीमा रहेको र डा. को सल्लाह अनुसार नै औषधी सेवन गर्दै थिइन् । एसईई परीक्षा स्थगित भएपछि एलिनालाई केही असहज महसुस भएपछि अन्य डाक्टरलाई एक्स रे देखाउदा हात नभाचिँएको बताएका थिए । लडेपछि हार्डजोर्नी विशेषज्ञलाई नै देखाउदा राम्रो हुने भनेर हिमाल फार्मेसी लगिएको निसाले बताइन् । एलिनलाई कुनै दुखाइ तथा पिडा थिएन तर डाक्टरले प्लास्टर गर्नै पर्ने नभए पछि समस्या हुने भनेपछि प्लास्टर गरिएको थियो ।

यता डा. पोख्रेल भने नभाचिँएको भएता पनि केस हेरेर प्लास्टर गर्नुपर्ने बताउछन् । ‘‘पछिलाई समस्या नहोस भनेर हामी नभाचिँइएको भएता पनि कुनै कुनै केस प्लास्टर गर्छौँ । यो पनि त्यही भएको हो । मलाइ आरोप मात्रै लगाइएको हो । निको भएपछि हात भाचिँएको थिएन भनेर हुन्छ ?’’ डा. पोख्रेलले भने ।

डा. पोख्रेललाई पिडित परिवारले सम्पर्क गर्दा कतै हल्ला नगरी दिनु बरु रकम फिर्ता गर्ने बचन दिएका थिए । सो समयमा एलिनाको उपचारमा विभिन्न शीर्षकमा ११ हजार असुलेको पिडितकी दिदि निसाले बताइन् ।

सम्बन्धित खवर