उद्घोषण तथा प्रभावकारी भाषणकला तालिम सम्पन्न

उद्घोषण तथा प्रभावकारी भाषणकला तालिम सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. २ मा उद्घोषण तथा प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ । चैत्र ४ देखि प्रदेश भिजन प्रा.लि.को आयोजनामा सुरु भएको तालिमको आज एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

पाँच दिन सम्म चलेको तालिमको सहजीकरण प्रदेश दैनिकका सम्पादक भिमराज अधिकारी र रेडियो सिम्रीकका कार्यक्रम संयोजक विवेक न्यौपानेले गरेका हुन् । वडा कार्यालयको चालु अवस्थामा रहेको ५० हजार रकमबाट मानव संसाधन विकासका लागि तालिम संचालनका लागि सम्झौता भएको हो । सोही अनुसार प्रा.लि.ले २० जना सहभागीहरुलाई तालिम प्रदान गरेर प्रमाण पत्र समेत प्रदान गरेको छ ।

समापन सत्रका प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष अरुणा राईले वडामा मानव संसाधनको क्षेत्रमा पनि लगानी गर्नुपर्छ भनेर सल्लाह भए बमोजिम तालिममा लगानी गरिएको बताउनुभयो । आगामी वर्षहरुमा पनि युवा, बालबालिका, महिला लगाएत सबै क्षेत्रमा लगानी गरिने राईले बताउनुभयो ।

तालिम निकै प्रभावकारी भएको सहभागीहरुले बताए । आगामी दिनमा अझै लामो समयको तालिम आयोजना गर्ने व्यवस्था मिलाउन सहभागीहरुले सुझाव समेत दिए । कार्यक्रममा सहजकर्ता विवेक न्यौपाने, वडा सदस्यहरु पर्शुराम न्यौपाने, अग्नी प्रसाद गुरुङ, सुन्दर सामुदायिक वनका अध्यक्ष मन बहादुर पाठक लगाएतले शुभकामना मन्तव्य राख्नुभयो । तालिम सुन्दर सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा संचालन गरिएको थियो । प्रदेश भिजन प्रा.लि.ले नगरका विभिन्न वडाहरुको सहकार्यमा तालिम तथा गोष्ठीहरु संचालन गर्दै आएको छ ।

सम्बन्धित खवर