कानेपोखरीमा पहिलो पटक बजार अनुगमन ः मास्क, नुन र चिनीको अभाव

कानेपोखरीमा पहिलो पटक बजार अनुगमन ः मास्क, नुन र चिनीको अभाव

पथरी, मोरङको कानेपोखरीमा अत्यावश्यक बस्तुहरु मास्क, नुन र चिनीको अभाव भएको छ । शुक्रबार कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको टोलीले गरेको बजार अनुगमनका क्रममा त्यस्तो अभाव देखिएको हो ।

इङ्नामको नेतृत्वमा डाक्टर, प्रहरी, व्यापार संघका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले ग्यास पसल, मास्क र खाद्यय बस्तुको कालोबजारी सम्बन्धी अनुगमन गरेको हो ।

अनुगमन टोलीले रमाइलो बजार, बयरवन बजार र दलेली बजारको अनुगमन गरेका हुन् । अनुगमन टोलीले १ दर्जन नीजि क्लीनिक र औषधि पसल, २४ वटा खाद्यय किराना पसल, १ दर्जन मासु र माछा पसल, ५ वटा ग्यासको पसलमा अनुगमन् गरेका हुन् । टोलीले रमाइलो बजारको चेतना मेडिकल सेन्टर, रमाइलो हस्पिटल, कंकालिनी क्लीनीक, अस्बिन फार्मेसी, अनामिका क्लीनिक, जियस फर्मा र रहमान क्लीनिक लगाएत अनुगमन् भएको थियो ।

अनुगमनमा उपाध्यक्ष इङ्नामले पहिलो पटकको अनुगमन् भएकोले व्यापारीहरुलाई सुझाव मात्र दिएको अर्को पटक आउदा म्याद नाघेको औषधि, क्लीनिक दर्ता लगाएत सवै हेरिने सुझाव दिनुभयो । अनुगमन टोलीले सबै नीजि क्लनीक र औषधि पसलमा मास्क भेटाएन । औषधि, मास्क लगाएतका अत्यावश्यक बस्तु अभाव नराख्न टोलीले सुझाब दिएको छ ।

यस्तै खाद्यय किराना पसलमा नून र चिनीको अभाव देखिएको छ । आफुले खरिद गर्दा महगो भएको र आफुले दाम बढाएर बेच्न नपाइने भएकाले नल्याएको खाद्यय किराना पसलेहरुले बताए । ग्यासको पनि कानेपोखीमा अभाव देखिएको छ । ग्यास विक्रेताले क्रेताको नाम टिपाए अनुसारको मात्र माग गर्ने गरेकाले अन्यले ग्यासको सिलिन्डर नपाउने अनुगमनले देखाएको छ । टोलीले बजार क्षेत्रको माछा र मासु पसलमा मापदण्ड अनुसारको नभएको भेटिएको थियो । अनुगमन टोलीले अर्को पटक आउँदा मापदण्ड अनुसारको बनाउन सुझाब दिएका थिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा र पसलमा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराउँदै सेवाग्राहीले देख्ने ठाउँमा हात धुने बाल्टीनमा धारा जोडेर पानी र साबुन राख्न अनुरोध पनि गरेका थिए ।

गाउँ शिक्षा शाखा अधिकृत वेग बहादुर काफ्ले, कार्यपालिका सदस्य पदमा कुमारी गुरुङ, व्यापार संघ रमाइलोका सचिव राजेश कार्की, रमाइलो प्रहरी चौकीका प्रमुख सुमन श्रेष्ठ, नेपाली कांग्रेसका सभापती योगेन्द्र दाहाल, नेकपा अध्यक्ष भोला अधिकारी, सचिव मनोज राजवंशी, भोजवीर माझी, रेडक्रस सोसाइटीबाट नेत्र थापा, वडाध्यक्षहरु सुशिल बुढाथोकी, खड्ग बस्नेत र धनबहादुर राई लगाएतले बजार अनुगमन गरेका थिए ।

सम्बन्धित खवर