प्रबेश विष्ट
८ चैत इटहरा ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय युवा संघ रतुवामाई नगरकमिटीले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
शुक्रबार मानिसहरुको बढी जमघाट हुने नगरपालिकाका मुख्य बजारहरुमा कोरोना भाइरस नियन्त्रण र रोकथाम सम्बन्धी कार्यक्रम गरिएको विद्यार्थी नेता रुपेश ढकालले जानकारी दिनुभयो । भाइरस रोकथामका लागि युवा संघले जनचेतनामुलक पर्चा पम्प्यलेट निमार्ण गरी प्रत्येक सर्वसाधराणलाई वितरण गरिएको र रतुवामाईका मुख्य बजारहरु आम्बारी र सिजुवा बजारमा पानी ट्यांकी र हात धुने साबुन राखिएको पनि ढकालले जानकारी दिनुभयो ।
जनचेतनामुलक कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ रतुवामाई नगरकमिटी संयोजक राम कार्कीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम गर्न र सर्वसाधरणलाई सचेत गराउन सचेतना कार्यक्रम गरिएको बताउनुभयो । रतुवामाई नगरपालिकालाई त्रसित मुक्त बनाउन लागि परेको भन्दै उहाँले भन्नुभयो, “सबै पक्षबाट जनचेतना फैलाउन र सावधानी अपनाउन सके महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण हुन सक्छ । ”
राजनितिक पार्टी चुनावको समयमा मात्र सक्रिय भएको भन्दै सहसंयोजक मिलन पोखरेलले जनतालाई दुख अप्ठ्यारो परेको समयमा पनि साथ र सहयोग दिने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।
जनचेतना कार्यक्रममा २५ जना भन्दा कम संख्यामा उपस्थित भई कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपप्रमुख दयन्तादेवी चुडाल , ईलाका प्रहरी कार्यलय सिजुवाका प्रमुव मोहन रायमाझी, ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाई, ६ नम्बर अध्यक्ष तुलाराम लुईटेल, नेकपा मोरङ जिल्ला कमिटी सदस्य सुमन कालिकोटेसहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा दाम्राभिट्टा , सिजुवा, आम्बारी र अन्य बजार क्षेत्रमा जनचेतचना अभियान गरिएको भियो ।
यसअघि पनि राष्ट्रिय युवा संघ रतुवामाई नगरकमिटीले नगरपाकिाका मुख्य बजारहरुमा कालोबजारी भएको छ छैन बारे अनुगमनसमेत गरेको थियो ।