सिमाक्षेत्र तथा अन्य स्थानमा रहेका प्रहरीलाई कोरोना रोग बारे जानकारी

सिमाक्षेत्र तथा अन्य स्थानमा रहेका प्रहरीलाई कोरोना रोग बारे जानकारी

रबिन्द्र बराल, रंगेली

कोरोना रोगबाट कसरी बाच्न सकिन्छ भन्ने उदेश्यले मोरङको रंगेली अस्पतालमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेलीको मातहतमा रहेका प्रहरी चौकी का प्रहरी प्रमुखहरुलाई कोरोना रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

विश्वव्यापी महामारीको उग्र रुप लिईरहेको अबस्थामा सिमा क्षेत्र तथा अन्य स्थानमा रहको १७ प्रहरी चौकीका ४५ जना ईन्चार्जहरुलाई कोरोना भाईरस फैलन थालेको र यसबाट कसरी बच्न सकिन्छ, गाउँ घरमा भारत तथा बिदेशबाट आएको सर्वसाधारणहरुलाई कसरी सचेतना गराउने भन्ने बारेमा उक्त कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो ।

रंगेली अस्पतालका प्रमुख रोहिन्द्र पाण्डेले कोरोना रोगको बारेमा जानकारी गराउनुभएको थियो । अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरेसंगै आफु सचेत हुने र अरुलाई समेत सुरक्षित रहन आग्रह समेत पाण्डेले गर्नुभएको छ ।

सम्बन्धित खवर