नगर अस्पतालमा भिडियो एक्सरे मेसिनको उद्घाटन्

नगर अस्पतालमा भिडियो एक्सरे मेसिनको उद्घाटन्

पथरी, मोरङको पथरी शनिश्चरे नगर अस्पतालमा जडान भएको युएसजी ( भिडियो एक्सरे मेसिन) को आज उद्घाटन गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राईले वडा नम्वर २ स्थित नगर अस्पतालमा रहेको भिडियो एक्सरे जाँचको उद्घाटन गर्नुभयो ।

प्रतिपटक ६ सय रुपैयाँका दरले भिडियो एक्सरे गरिने अस्पतालका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (युएनएचसीआर) ले नगर अस्पतालका लागि २८ लाख ९० हजार मुल्यको भिडियो एक्सरे (युएसजी) मेसिन प्रदान गरेपछि अस्पतालमा सवैखाले भिडियो एक्सरे गर्न थालिएको हो । जमा इको जाँच समेत गर्न मिल्ने छ ।

तत्कालका लागि ५ शैयाको सो अस्पतालमा ओपिडीका साथै ल्याब, फार्मेसी, स्वास्थ्य विमा, २४ घण्टे प्रसुति सेवा सञ्चालनमा छ । यी खाले सुविधा भएपछि अस्पतालमा दैनिक १ सय बढी विरामी उपचारका लागि आउने गरेका छन् । मेडिकल अधिकृतका रुपमा डा. सावन मेहता र साकारबाबु घर्ती कार्यरत रहनु भएको छ । ६ जना अनमी, ल्याब २, ल्याव असिस्टेन्ट २, पारामेडिकलिष्ट ८ जना रहेका छन् । अस्पतालमा इमरजेन्सी, फार्मेसी र एक्सरेका लागि थप भवन निर्माणाधिन अवस्थामा रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सम्बन्धित खवर