पथरीमा ग्याँसको कृतिम अभाव छैन् ः अनुगमन समिति

पथरीमा ग्याँसको कृतिम अभाव छैन् ः अनुगमन समिति

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको व्यवसायिक चुस्तता कायम राख्ने कुरालाई ध्यान दिएर नगरपालिका कार्यालयले अनुगमन् गर्ने क्रममा आज ग्यास पसलहरुको अनुगमन् गरेको छ । अनुगमनका क्रममा ग्याँसको कृतिम अभाव नभएको पाइएको अनुगमन समिति संयोजक यमुना विष्टले जानकारी दिनुभयो ।

विष्टको अगुवाईमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत सहित इलाका प्रहरी कार्यालय पथरीको टोलीले ७ वटा ग्यास पसलको अनुगमन् हो । ग्यासको उपभोग उपभोक्ताहरुबाट बढी भएकाले ग्यासको मौज्दात भने खास नभएको देखिएको अनुगमन् संयोजक विष्टले बताउनुभयो ।

२ नम्वर वडाको पाथीभरा सप्लायर्समा ८० वटा र १ नम्वरको मोरङ भाडा पसलसँगैको पसलमा ९ वटा ग्यास भरिएको अवस्थाको रहेको बाहेक ग्यास आउने र सकिइहाल्ने क्रम चलिरहेको पाइएको विष्टले उल्लेख गर्नुभयो । पसलहरुमा ग्याँसको मूल्यमा भने एकरुपता नभएको पाइएको छ । प्रतिसिलिण्डर ग्यास भर्दा १ हजार ३ सय ५० देखि १ हजार ३ सय ५५ र १ हजार ३ सय ७५ रुपैयाँ सम्म लिने गरेको पाइएको हहो । महंगो मुल्यमा ग्यास विक्री वितरण नगर्न अनुगमन समितिले अनुरोध गरेको छ ।

टोलीले वडा नम्वर १ का ३ वटा, २ का २ वटा र १० का २ वटा पसलको अनुगमन् गरेको छ । ग्याससँगै भएका किराना पसलमा नूनको पनि अनुगमन् गर्दा नूनको अभाव पनि नभएको पाइएको छ ।

सम्बन्धित खवर