कोरोनाको प्रभाव : श्रीलंकामा तीन दिन कर्फ्यु

कोरोनाको प्रभाव : श्रीलंकामा तीन दिन कर्फ्यु

एजेन्सी : विश्वभर फैलिरहेक कोरोना भाइरस (कोभिड १९) को महामारीबाट अहिले विश्वनै संकटकालमा फसेकाे छ । त्यस्तै कोरोना भाइरसका कारण श्रीलंकाले देशभरि तीनदिने कर्फ्यु लगाएको छ । शुक्रबार साँझबाट लागू हुने गरी लगाइएको कर्फ्यु सोमबार बिहान सम्म लागू हुने बताइएकाे छ ।

अत्यावश्यक सेवाका सवारीलाई मात्र चल्न दिइनेछ र त्यहाँका मस्जिद अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिइएको छ । श्रीलंकामा पछिल्लो केही दिनमा संक्रमितको संख्या लगातार बढिरहेपछि यस्तो कदम चालिएको हो ।

त्यहाँ अहिलेसम्म ६० भन्दा बढीमा कोरोनाको संक्रमण देखिइसकेको छ ।

सम्बन्धित खवर