सुरुङ मार्गको ब्रेक थ्रू

सुरुङ मार्गको ब्रेक थ्रू

रसुवा – आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको आज ब्रेक थ्रू भएको छ । ४२ दशमलव ५ मेगावाट क्षमताको सो आयोजनाको ३ हजार ६ सय ७४ दशमलव ८ मिटर लामो मुख्य सुरुङ मार्गको आज ब्रेक थ्रू भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले सबैभन्दा महत्वपूर्ण मानिएको मुख्य सुरुङ मार्गको ब्रेक थ्रू गर्ने काम सकिएको भन्दै आयोजनाको करीब ७७ प्रतिशत काम सम्पन्न बताए । आयोजनामा अहिले पावर हाउस निर्माण र पेनस्टक पाइप राख्ने काम भइरहेको छ ।

बाँध स्थलको संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । आयोजनाको सिभिल तर्फको निर्माण कार्य एइडब्लू–टुँदीले गरिरहेको छ । २०७७ असोज सम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ । गत डिसेम्बरमा नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक तथा कामदार कोरोना भाइरसको संक्रमणका कारण उतै रोकिँदा आयोजनाको इलेक्ट्रो–मेकानिकलको काम प्रभावित भएको कम्पनीका सीईओ श्रेष्ठले बताए ।

सोही कारण पनि आयोजनाको विद्युत उत्पादन गर्ने कार्य तालिका नै प्रभावित हुने सम्भावना बढेको उनको भनाई थियो । अहिले दुई जना मात्र चिनियाँ प्राविधिक काममा खटिएका छन् । सान्जेन जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब २० लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित खवर