त्रियुगामा ५ वर्षिय बालिका बलात्कृत

त्रियुगामा ५ वर्षिय बालिका बलात्कृत

उदयपुर । उदयपुरमा ५ वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–९ उत्तराई टोल निबासी २२ वर्षीय उमेश सदालाई बलात्कार गरेको आरोपमा पक्राउ परेको हो ।

गत चैत्र ४ गते ५ वर्षीया नाबालिकालाई जबरजस्ति बलात्कार गरी फरार रहेको सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले आरोपी सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको सदालाई जबरजस्ति करणी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर