कोरोनाको सम्भावित रोकथामका लागि ओखलढुङ्गामा क्वनरेनटाइन

कोरोनाको सम्भावित रोकथामका लागि ओखलढुङ्गामा क्वनरेनटाइन

 काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)को संभावित संक्रमणको रोकथामका लागि ओखलढुंगा जिल्लाका तीन ठाउँमा क्वारेन्टाइन स्थल तोकिएको छ।

शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना रोकथाम र संक्रमणप्रति सजगतासम्बन्धी बैठकबाट ती स्थल तोकिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठका अनुसार तीनवटै क्वारेन्टाइनस्थल सिद्धिचरण नगरपालिकाभित्रको ओखलढुंगा क्याम्पस, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल रुम्जाटारा तोकिएको छ।

बैंठकले आइसोलेसन निर्माणको जिम्मा रुम्जाटार अस्पताल, सिद्धिचरण नगरपालिका, ओखलढुंगा सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय रुम्जाटार र नेपाल रेडक्रस सोसाइटीलाई दिएको छ।

त्यस्तैगरी, नेपाल पनि कोरोनाको उच्च जोखिम भएपछि सबै नगरपालिका कार्यालयलाई आ-आफ्नो क्षेत्रमा रहेका विद्यालयलाई कम्तीमा एक आइसोलेसन वार्ड तोकी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिने निर्णय पनि गरेको छ।

सम्बन्धित खवर