काठमाडौं : विश्वभरि माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले निकै व्यस्त सहर काठ्मान्डौं छोड्ने मानिसहरुको भिड् लाग्न थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमान्डौंका अनुसार उपत्यकाबाट घर जाने यात्रुको संख्यामा एक्कासी वृद्धि भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले स्कुल, कलेज, विश्वविद्यालय, सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्जनस्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरे सँगै राजधानी छाड्ने यात्रुको संख्या बढेको हो ।
स्कुलरकलेज बन्द भएसँगै उपत्यका छाड्नेको संख्या बढेको नेपाल यतायात राष्ट्रिय महासंघका जनाउको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी ,जगाती, दक्षिणकाली हुँदै बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ ।
बिहीबार गंगबुस्थित नयाँ बसपार्कमा सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले यस्तो भीड दसैंमा मात्र हुने गरेको बताए । उनले भने,’विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रास र वार्षिक परीक्षा सकिएकाले बिदा मनाउन जाने यात्रुले गर्दा बाहिरिनेको संख्या बढेको हो ।’ त्यस्तै, भक्तपुरको जगाती हुँदै बाहिरिनेको पनि संख्या बढेको छ ।