भरतपुरमा ७२ घण्टामै बन्यो कोरोना बिशेष अस्पताल

भरतपुरमा ७२ घण्टामै बन्यो कोरोना बिशेष अस्पताल

भरतपुर : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सम्भावित संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल जानकारी दिइन्न् ।  ‘भरतपुरमा कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका प्राविधिक संयोजक डा‍ भोजराज अधिकारीले बताए ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्ड रहेकाे छ । कोरोना फैलिएपछि छिमेकी मुलक चीनले उहान शहरमा १० दिनमा एकहजार बेडको अस्पताल बनाएर विश्वलाई चकित बनाएको थियो । भरतपुरमा पनि त्यसकै झल्को दिनेगरी ७२ घण्टामा ७० बेडको अस्पताल निर्माण गरिएको हो ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको बताईन ।

सम्बन्धित खवर