राजेन्द्र महतो,
६ चैत लहान
सिरहाको कर्जन्हा नगरपालिकामा रहेको नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय बन्दिपुरमा सामान्य विवादका कारण
विद्यालय व्यवस्थापन समितीले नयाँ नेतृत्व पाएको छैन ।
केही स्थानीयबासीहरुले विद्यालयमा केही पैसा हिनामिना भएको भन्दै असन्तुष्ट जनाएपछि विद्यालय व्यवस्थापन समिती बिहिन बन्न पुगेको हो । पूर्णरुपमा हिसाब किताब नमिले सम्मका लागि नयाँ समिती गठन प्रक्रिया स्थगीत गरिएको हो ।
विद्यालयमा कर्जन्हा नगरपालिका वडा नम्बर १,२,३ र ४ का वडाध्यक्षहरुको रहोवरमा समाजिक लेखा परिक्षण गरि अभिभावक भेलामा प्रस्तुत गर्ने नँया पारदर्शि ब्यवहार लाई उच्च मुल्यांकन गर्दै बिधालयको हक हित र संरक्षणका लागि नँया व्यवस्थापन समिती गठन गर्न लाग्दा स्थानियहरुले स्कुलमा भ्रष्टाचार भएको भन्दै नँया नेतृत्व अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
२०७६ असोज ६ गते देखि रिक्त रहेको विद्यालय व्यवस्थापन समिती , शिक्षक अभिभावक संघ र समाजिक परिक्षण समितिको म्याद
सकिएको थियो ।