सरकारी विद्यालयका चर्काे रकम असुली

सरकारी विद्यालयका चर्काे रकम असुली

बेलबारी :मोरङको एक सामुदायिक बिद्यालयले एक बिद्यार्थी सँग २६ हजार भन्दा वढि असुलेको छ । मोरगंको सुन्दरहरैँचा सुकुना सामुदायिक बिद्यालयले कक्षा ९ र १० अध्ययनरत विद्यार्थी सँग नियम विपरित शुल्क उठाइरहेको छ । विद्यालयले कक्षा ०९ तर्फ सिभिल इन्जिनियरिङमा वार्षिक १५००० र थप छ महिनाको अनिवार्य कोचिगं शुल्क रु ६००० विद्यार्थीबाट लिइरहेको छ भने कक्षा १० का विद्यार्थीबाट १८००० वार्षिक रुपमा रकमलाई पहिलो र दास्रो किस्ता बनाइ असुली गरिरहेको छ ।

विद्यालयमा पढ्ने एक विद्यार्थी सँग दुई किस्ता, परिक्षा शुल्क र कोचिङ कक्षाका नाममा २६ हजार ७सय रुपैया लिएको छ । अविभावक सहयोग रसिदका नाममा उक्त रकम लिइएको छ । कोचिङ कक्षाको ६ हजार २०७६ चौत्र ५ गते काटिएको रसिदमा उल्लेख गरीएको छ भने अन्य दुई किस्ता र परिक्षा शुल्क भने खालि छाडिएको छ । अभिभवकका अनुसार गत वर्ष रु छ हजार बाँकि रकम र अन्य यस बर्षको रकम लिएको बताए ।

विद्यालयमा अध्यायपनरत एक शिक्षकले नाम नबताउने शर्तमा कोचिगं शुल्कबाट उठेको रकमको अरुलाई विल समेत काटेर नदिने र सो रकममा विद्यालयले केहि रकम काटर मात्र शिक्षकहरुलाई दिने गरेको समेत बताए ।शिक्षकले थपे, हामीले विद्यालय समय बाहेकको समयमा गरेको मेहनतमा समेत विद्यालयले हिस्सा काटनु दुःखत र अन्यायपूर्ण छ ।

सरकारले सामुदायिक विद्यालयमा विद्यार्थी आर्कर्षण गर्न र अर्धदक्ष जनशक्ति उत्पादन गर्न शुरु गरेको माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण प्रत्येक वर्ष बढने गरेको छ । प्रत्येक वर्ष विद्यार्थीहरुको आकर्षण विद्यालयमा वढेपछि विद्यालयहरुले यसलाई अभिभावकको बाध्यता ठान्दै ठुलो रकम असुल्ने गरेका छन् । सामुदायिक विद्यालयमा चलेका प्राविधिब विद्यालयहरुमा सरकारले नियमित शिक्षकको तलब वाहेक पनि प्रति विद्यार्थी एघार हजार अनुदान उपलब्ध गराउने गरेको छ ।

विद्यार्थी नेता सन्तोष घिमिरेले जिल्लामा धेर सामुदायिक विद्यालयले सरकारले निशुल्क भनेको शिक्षामा रकम उठाइरहको गुनासो र प्रमाण आएकाले सबै विद्यालयहरुमा एकै पटक अभियान सञ्चालन गर्ने तयारीमा अनेरास्ववियू रहेको र अभियानबाट मात्र यो नरोकिए कानुनी कावाहिका लागी न्ययालय सम्म जान आफु तयार रहेको बताएका छन् ।

यता बिद्यालयका प्रध्यानाध्यापक लक्ष्मी कुमार श्रेष्ठले भने दुई बर्षको शुल्क लिएको बताएका छन् । शिभिल इन्जीनियर पढ्ने एक बिद्यार्थी सँग बार्षीक १२ हजार लिने गरेको उनले बताए । उनले प्राविधिक पढाउने शिक्षक अभाव भएका कारण निजि क्षेत्र वाट पठन पाठन गराउनु परेको प्रअ श्रेष्ठको भनाइ रहेको छ । सिभलि इनिजिनियर पढ्ने ४८ जना बिद्यार्थी रहेका छन् । बिद्यालयले ९र १० कक्षा पढ्ने बिद्यार्थी सँग बार्षीक १२ हजार तथा एघार बाह्र पढ्ने बिद्यार्थी सँग ३२ हजार लिने गरेको छ ।

यसै गरी इटहरी स्थित श्री ज्योती माध्यमिक विद्यालयले पनि कक्षा ९ का विद्यार्थीबाट बार्षिक रुपमा रु पच्चिस हजार र कक्षा दशका विद्यार्थीबाट रु विस हजार उठाउने गरेको छ ।

कक्षा ९ तथा १० बाट बार्षिक पच्चिस हजार र एघार बाह्रमा वार्षिक रु वत्तिस हजार उठाउने गरेको ज्योति माध्यमिक विद्यालयका इन्जिनियरिगं विभाग प्रमुख सुमन भट्टराईले बताए । उनका अनुसार विद्यालयलाई आवश्यक भौतिक पूर्वधार तथा प्रयोगशाला निमार्णका लागी सरकारले पचास लाख पहिलो बर्ष उपलब्ध गराएको बताए ।

सम्बन्धित खवर