सुनकोशी गाँउपालिकाले साढे ४ लाखको प्याड वितरण गर्याे

सुनकोशी गाँउपालिकाले साढे ४ लाखको प्याड वितरण गर्याे

सिन्धुली,५ चैत – सिन्धुलीको सुनकोशी गाँउपालिकाले मंगलवार ५ सामुदायिक विद्यालयलाई सेनिटरी प्याड वितरण गरेको छ । गाँउपालिका भित्रका २४ वटा समुदायिक विद्यालयलाई साढे ४ लाख बराबरको सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम अन्तर्गत मंगलवार ५ वटा विद्यालयहरुलाई वितरण गरिएको गाँउपालिकाले जनाएको छ ।

मंगलवार दिर्घ प्रदिप मावि खाल्टे, गुठ बजार मावि गुठबजार, प्रगतीशिल मावि रातमाटा, पन्चकन्या आधारभुत विद्यालय र विनायक आधारभुत विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १२ कक्षा सम्मका महिनावारी सुरु भएका छात्रा विधार्थीहरुलाई महिनावारी भएको समयमा पनि विद्यालयमा गएर पठनपाठन गर्न सहज होस् भन्ने उदेश्यले गाँउपालिकाले २४ विद्यालयमा सेनीटरी प्याड वितरणको कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो । “महिनावारी सुरु भएका किशोरी विद्यार्थीहरु महिनावारी भएपछि करिव ४,५ दिन पढ्नै जादैनन् । महिनामा ४,५ दिन पढाई छाड्दा पढाईमा असर पर्छ । त्यस कारण महिनावारी भएका बेला पनि सहजरुपमा विद्यालय गएर पढ्ने वातावरण सिर्जना होस् भन्ने उदेश्यले यो प्याड वितरण गर्न थालेका हौं ”उहाँले भन्नुभयो ।

महिनावारी हुदाँ किशोरीहरुले पुरानो कपडाको प्रयोग गर्दा पछि संक्रमण हुनसक्ने जोखिम रहने भएकाले किशोरीको स्वासथ्यमा समस्या नदेखियोस् भनेर पनि प्याड प्रयोगलाई प्राथमिकता दिईको उहाँले बताउनुभयो । २४ विद्यालयलाई किशोरी विद्यार्थीहरुको संख्याको आधारमा प्याड वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर