कारोना सम्बन्धी कट्नु आधारभूत विद्यालयमा जनचेतना कार्यक्रम

कारोना सम्बन्धी कट्नु आधारभूत विद्यालयमा जनचेतना कार्यक्रम

चैत ४, इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर – ८ मा रहेको कट्नु आधारभूत विद्यालयले महामारीका रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को सन्त्रासले सर्व साधरणमा त्रास फैलिएको छ । नयाँ प्रजातीको जीवाणु भएकाले गाँउघरमा मानिसहरु यसको बारेमा त्यति जानकार नभएकाले विद्यालयले यो कार्यक्रम आयोजना गरेको हो ।

कतिपयलाई यो प्रकोपका बारेमा थाहा नहँुदा र हल्लाका पछाडी लाग्नाले गाँउ घरमा मानिसहरु झन बढी त्रसित भइरहेका छन् । यही त्रासबाट जनसमुदायलाई बचाउन आफूहरुले जनचेतनामूलक कार्यक्रम संचालन गरेको कट्नु आधारभूत विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य चौकी सिजुवाका प्रमुख उदय थापाले उत्त जनचेतनामुलक कार्यक्रममा प्रशिक्षण गराउनु भएको भियो । थापाले कोरोना भाईरसका बारेमा जानकार गराउँदै यसबाट बच्ने उपाय र लक्षणहरु के कस्ता देखा पर्छन भन्ने बिषयमा कार्यक्रममा उपस्थित अभिभावक र विद्यार्थीहरुलाई प्रशिक्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै रतुवामाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नन्दकुमार चापागाईले कोरोना भाइरसकारे अध्ययन गरी सचेत रहन आग्रह गर्नुभयो । कोरोना सम्बन्धी विभिन्न मिडियाहरुले झुटा समाचारहरु सम्पादन गर्ने गरेको भन्दै अध्यक्ष चापागाईले अनावश्यक भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो ।

कोरोना भाइरसका कारण कालोबजारीले उग्र रुप लिएको र आफ्नो क्षेत्रमा कालोबजारी रोक्न आफूहरुले बजार अनुगमन गरिरहेको समेत उहाँले बताउनुभयो ।

उत्त कार्यक्रममा विद्यार्थी र अभिभावकहरुलाई समाजसेवी निरा कट्टेलले साबुन पानीले हात धुन सिकाउनुभयो । साथै उहाँले कार्यक्रममा उपस्थित सबैजनालाई मास्क समेत वितरण गर्नुभएको हो ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नन्दकुमार चापागाई, रतुवामाई नगरपालिकाका शिक्षा शाखा अधिकृत गंगा भट्टराई, विद्यालयका प्रधानाध्यापक भोजराज न्यौपाने, समाजसेवी निरा कट्टेल, पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पदम प्रसाद घिमिरे, अभिभावकहरु, स्थानीय बासी र विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसर पारेर विद्यालयमा आजै अभिभावकहरुको भेलाले ४ जना विद्यालय व्यवस्थापन समितीमा र शिक्षक अभिभावक संघको अध्यक्ष मनोनित गरेको छ । आजको भेलाले पदम प्रसाद घिमिरे, गीता कट्टेल, गीता ताँती र सोमलाल मुर्मुलाई विद्यालय व्यवस्थापन समितीका सदस्यमा र शिक्षक अभिभावक संघको अध्यक्षमा रामकुमार श्रेष्ठलाई मनोनित गरेका हुन् ।

सम्बन्धित खवर