बेलका ८ मा अध्यक्षकप फुटबल प्रतियोगिता सम्पन्न

बेलका ८ मा अध्यक्षकप फुटबल प्रतियोगिता सम्पन्न

 

बेलका नगरपालिका वडा नम्बर ८ युवा तथा खेलकुद विकास समितीको आयोजना तथा पन्चकन्या क्लबको सहआयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ समापन भएको छ ।

कोठु खेलमैदानमा संचालन भएको कार्यक्रममा बेलका नगरपालिका नगरप्रमुख दुर्गा कुमार थापाको प्रमुखअतिथि साथै विशेष अतिथिमा वडा अध्यक्ष जयकुमार राई, सशस्त्र प्रहरी डुड्खोला प्रमुख अरुण भण्डारी ,अस्थायी प्रहरी प्रमुख अमृत कार्की लगायत स्थानीय नेता, समाजसेवीको उपस्थितमा सुरु भएको थियो ।

खेलमा पन्चकन्या फुटबल क्लब र नेप्से फुटबल क्लब बिच भएको सार्है रोमाञ्चक प्रतियोगितामा अन्तिम समयसम्म बराबरी रहेपछि ट्राइबेकरमा पन्चकन्या फुटबल प्रथम भएको हो । भने नेप्से फुटबल क्लब दोस्रो भएको हो ।

प्रथम हुनेलाइ नगद रु १५ हजार सहित मेडल,प्रमाणपत्र प्रदान गरियो भने दोस्रो हुनेलाई नगद रु, १० हजार सहित मेडल ,प्रमाणपत्र रहेको सहआयोजक टिमका सदस्य चक्र राईले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख थापाले खेलकुद क्षेत्रलाई जुनसुकै बेला जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । छिटै खेलाडीलार्इ परिचय कार्ड दिन लागिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रम युवा तथा खेलकुद वडा नम्बर ८ का अध्यक्ष सुशान्त राइको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यकपमा १४ क्लब सहभागी भएका थिए । त्यसैगरी महिला फुटबलको फाइनलमा पन्चकन्या क्लब प्रथम हुँदा हातिसार फुटबल क्लब दोस्रो भएको थियो । प्रथम हुनेलार्इ रु, ५००० हजार र दोस्रो हुनेलाई रु, ३५०० सहित प्रमाणपत्र ,सिल्ड,प्रदान गरिएको थियो ।

सम्बन्धित खवर