सुनवर्षी मेयर कपको उपाधी बेलबारीको पोल्टामा

सुनवर्षी मेयर कपको उपाधी बेलबारीको पोल्टामा

पथरी, सुनवर्षी मेयर कप फुटबलको उपाधी बेलबारीले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा कानेपोखरीलाई २–० गोल अन्तरले पछि पार्दै बेलबारीले उपाधी हात पारेको हो ।

खेलको निर्धारित समयको पहिलो हाफमा बेलबारीका जर्सी नं. ११ का कासिम राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पूनः जर्सी नं. १२ का मौषम लिम्बूले गोल गर्दै टिमलाई दोब्बर अग्रतामा ल्याए । खेल अवधीभर निकै दवाबमा रहेको कानेपोखरीले दोस्रो हाफमा पनि खेल सुधार्न सकेन । अन्ततः कानेपोखरी उपबिजेतामा सिमित हुन पुग्यो । दुवै टिमले पाएका निकै सुनौला अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच पहिलो गोल कर्ता बेलबारीका कासिम राई घोषित भए । उत्कृष्ट गोल किपर बेलबारीका छिरिङ तामाङ, खेल अवधीभरको उत्कृष्ट खेलाडी बेलबारीका देवेन धिमाल, अनुसासित टिम सुन्दरहरैँचा घोषित भयो । यस्तै सर्वाधिक गोल कर्ता खेलाडी आयोजक सुनवर्षी ए टिमका बिकास बस्नेत र सुन्दरहरैँचाका डगेन राई घोषित भए । बिजेता बनेको बेलबारीले नगर १ लाख २१ हजार र उपबिजेत बनेको कानेपोखरीले नगद ६५ हजार साथै ट्रफि, मेडल र प्रमाण पत्र हात पारे ।

यसअघि समापन सत्रको उद्घाटन पूर्व संचार मन्त्री तथा संघिय सांसद डा. मिनेन्द्र रिजालले गर्नुभएको थियो । मोरङको सुनवर्षी नगर मेयर कप आयोजनका लागि नगरले १० लाख रुपैया बिनियोजन गरेको थियो । फागुन १६ देखि सुरु भएको मेयर कपमा मोरङका १६ वटा पालिकाका टिमहरु सहभागी थिए । खेल सुनवर्षी २ मा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा भएको हो ।

सम्बन्धित खवर