खोटाङ : खोटेहाङ गाउँपालिकाबाट सिधा काठमाडौ बस सेवा सन्चालन हुने भएको छ । खोटाङ यातायात प्रालिले गाउँपालिकाको सिमपानीदेखि काठमाडौ सिधा वस सेवा सञ्चालन गर्ने भएको हो । प्रालिले गाउँपालिकाको सिमपानीबाट रसुवाघाट, रेग्मीटार, राजापानी बुइपाहुदै सिधा काठमाडौसम्म बस सञ्चालन गर्ने भएको हो । गाउँबाट सिधा काठमाडौ जान पाउने भए पछि स्थानिय खुसि भएका छन ।
सिमपानी देखि काठमाडौसम्मको भाडाको विषयमा भने तत्काल टुंगो नलागेको तर, सडकको अवस्था र दुरीका आधारमा निर्धारण गरिने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनु भयो । अहिले त्यस क्षेत्रका स्थानियले भोग्दै आएको बस फेर्दै काठमाडौ यात्रा गर्नु पर्ने बाध्यता अन्त्य भएको छ ।




