अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न, तयार भए १५ दिनमा १५ मूर्ति

अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न, तयार भए १५ दिनमा १५ मूर्ति

बागलुङ : पहाडी आकर्षक भू–स्थलले सिँगारिएको गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गलकोट अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको छ ।

गलकोटमा मूर्तिकलाको पुनर्जागरण ल्याउनेगरी गरिएको अन्तर्राष्ट्रिय कार्यशालाको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले कार्यशालाको समापन गरेका छन । गण्डकी प्रदेशमै पहिलोपटक अन्तराष्ट्रियस्तरमा ख्याति कमाएका कलाकार सहभागी गराएर आयोजना गरिएको कार्यशालाले अन्तराष्ट्रियस्तरको मान्यता समेत पाएको छ । ११ देशका १५ मूर्तिकार सम्मिलित कार्यशाला १५ दिनसम्म सञ्चालन भएको थियो ।

कलाले दिने सन्देश पनि फरक हुन्छ समाजमा “ क्यानडाबाट कार्यशालामा सहभागिता जनाउन गलकोट आइपुगेकी जुली ग्लास्पी ले भनिन । म यहाँका नेपालीहरूदेखि निकै मोहित भएँ । गलकोटको यो कार्यशाला मेरा निम्ति अस्मरणीय बन्यो । यस कार्यशाला यहाँ आयोजना हुनुले गलकोट क्षेत्रलाई कला बुझ्ने समाजको रूपमा बुझ्न सकिन्छ ।

अरू थप कलाका आयामहरू यहाँ विस्तार हुँदै जानेछ्न् । गलकोट सेरोफेरोबाटै संकलन गरिएका ढुंगाहरूमा मूर्तिकारले कला आकृति भर्ने काम गरेका छन । ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्य सहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

 

-उज्यालोपाटीबाट

सम्बन्धित खवर