चैते धान रोप्न व्यस्त रतुवामाईका किसानहरु

चैते धान रोप्न व्यस्त रतुवामाईका किसानहरु

चैत ३, इटहरा । चैत महिना सुरु भए लगत्तै किसानहरुलाई बर्खे धान रोप्ने चटारो हुने गर्दछ अधिकाशं तराई क्षेत्रमा । यतीबेला मोरङको इटहरा आसपासका किसानहरु पनि बर्खे धान रोप्न व्यस्त छन् ।

रतुवामाईमा यो वर्ष अन्य वर्षमा भन्दा बर्खे धानमा किसानहरुको आकर्षण बढेको छ । जसको मुख्य कारण हो हिउँदे वर्षा । लगातारको वर्षा र शितलहरले गर्दा हिउँदे बाली फस्टाउन नसकेपछि किसानहरुको धान खेतीप्रति लोकप्रियता बढ्दै गएको हो ।

डुबान क्षेत्रमा हिउँदे बालीका रुपमा किसानले मुसुरो, तोरी, गहँु, मकै लगाउने गरेको भए पनि केही ठाउँमा वर्षातको पानीको प्रभावले उत्पादनमा ह्रास आउने हुदाँ खेती लगाउन जाँगर नचल्ने रतुवामाई – ८ का कृषक कृष्ण बस्नेतले बताए ।

घरपरिवार पाल्ने मुख्य आधार नै कृषि रहेको एक किसानले भने, “ यसपालीको वर्षाले हिउँदे बाली भित्र्याउन पाइएन त्यसैले जसो तसो धान त रोपीयो भित्र्याउन पो पाइन्छ पाइदैन ।”

हिउँदे धान भल बाढीका कारण पछिल्लो केही वर्षयता अवरुद्घ हँदै आएपछि खोला आसपासका खेतहरुमा किसानहरुले बर्खे धानलाई प्राथमिकता दिन थालेका छन् । बाढीकै त्रासले गर्दा हिँउदे धानमा भन्दा बर्खे धानमा किसानहरुको आकर्षण बढेको छ ।

किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा समस्या रहेको भन्दै रतुवामाई ९ का कृषक टुक बहादुर कार्कीले उपयुत्त बजारका लागि भूमिका खेल्न सरोकारवालाहरुलाई आग्रह गरे । किसानहरुको क्षमता वृद्घिका लागि रतुवामाई नगरपालिकाले कुनै काम गर्न नसकेको पनि कार्कीले बताए ।

कृषिलाई नै जीवनयापनको मुख्य आधार बनाएका किसानहरुलाई सरकारी अनुदान प्रभावकारी नहुँदा जीविकोपार्जनमा समस्या आउने गरेको छ । किसानहरुबाट उत्पादित बस्तुले उचित बजार र मुल्य नपाउँदा किसानहरु सधै चिन्तित हुने गरेका छन् । यसको न्यूनिकरण क मगर्नका लागि सरकारले कृषकहरुलाई प्ररित गर्न विभिन्न कृषि सम्बन्धी कार्यक्रमहरु संचालन गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खवर