राजेन्द्र महतो, लहान । सिरहाको अर्नमा गाउँपालिका १ मा आफ्नै घरको छतबाट खसेर ५ वर्षिय नबालकको ज्यान गएको छ ।
सिरहाको अर्नमा गाउँपालिका १ का मोहम्म्द वारिद अन्सारीको ५ वर्षिय छोरा रेहान अन्सारीको ज्यान गएको हो।
अन्सारी आफ्नै घरको छतमा खेल्दै गरेको अबस्थामा अचानक छतबाट खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।
उपचारको लागी लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए ।
मृतकको शव राउ अस्पताल लहानमा पोस्माटम गरी परिवारमा बुझाइएको अस्पतालले जानकारी दियो ।