गाँउपालिकाको कार्यलय अगाडी बम बिस्फोट

गाँउपालिकाको कार्यलय अगाडी बम बिस्फोट

 

बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाँउपालिकाको गेट नजिकै बम बिस्फोट भएको छ ।

आइतवार राति साढे एक बजे गाँउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फोट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाँउपालिका भन्दा केही पर पट्केको अपुष्ट खबर आएको वताएका छन । प्रहरी चौकी जुडीमा फोन सम्पर्क नभएकोले पूर्ण जानकारी नआईसकेको उनले बताए ।

बम बिस्फोट बाट कुनै क्षेति नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाँउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

गाँउपालिकाको गेटको आडैमा जुडी प्रहरी चौकी छ । गेट नजिकै आएर बम बिस्फोट भएपनि सुरक्षा फितलो भएको स्थानियहरुले गुनासो व्यक्त गरे । बम कस्ले किन केका लागी बिस्फोट गरेको कुनै जानकारी नभएको डिएपी भट्टराईले बताए । यस बिषयमा अनुसन्धान भईरहेको पनि उनले बताए ।

सम्बन्धित खवर