दिनदिनै आकाशीदै सुनको भाउ

दिनदिनै आकाशीदै सुनको भाउ

निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य आज बढेको छ। आइतबारको तुलनामा आज (सोमबार) प्रतितोला ५ सय रुपैयाँले सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ। आइतबार सुनको कारोबार ७७ हजार रुपैयाँ प्रतितोलामा भएको थियो।

दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको सुनको मूल्य केही दिनदेखि घट्न थालेको थियो। केही दिनअघि तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। त्यसपछि घट्न थालेको सुनको मूल्य आज पुनः बढेको हो।

कोरोना भाइरसको प्रकोप विश्वव्यापी बढ्दै गएका कारण सुनको मूल्यमा असर परेको महासंघको भनाइ छ।

सम्बन्धित खवर