कोरोनाबाट त्रसित विश्व : सुनसान बने मुख्य सहरहरु

कोरोनाबाट त्रसित विश्व : सुनसान बने मुख्य सहरहरु

एजेन्सी : कोरोना भाइरस (कोभिड-१९) को त्रासले अहिले विश्‍वका ठुल्ठुला सहरहरु शुनसान जस्तै बन्दै गैरहेकाे छ ।

चीनबाट सुरु भएर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको सन्त्रासले विश्वको मुख्य र मानिसहरूको अत्याधिक भिडभाड हुने ठाउँ सुनसान जस्तै छ ।

मुस्लिम धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल मक्का मदिना मानवविहीन बनेको छ। त्यसैगरी युरोपियन देशहरूका पर्यटकीयस्थलहरू ठप्प छन्। रेलमा यात्रुहरूको संख्यामा उल्लेख्य मात्र घटेको छ। सडक पनि सवारीविहीन बनेका छन्। कोरोनाको त्रासले संसारभरका प्रमुख स्थलहरूमा मानिसहरू देखिन छाडेका छन्।

कोरोना भाइरस अहिलेसम्म १५२ वटा मुलुकमा देखा परेको छ। अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ।

१ लाख ५६ हजार व्यक्तिमा संक्रमण भएको, ७५ हजार ९ सय ३७ जना उपचारपछि घर फर्किएको तथा ७४ हजार ९ सय ९० जना अहिले पनि संक्रमित अवस्थामा नै रहेका छन्।

कोरोना संक्रमणले विश्वका धेरै नै विकसित देशमा बढि क्षति भएकाे पाईन्छ ।

सम्बन्धित खवर