कोरोनाबाट सुरक्षित रहन अन्जनको सन्देश

कोरोनाबाट सुरक्षित रहन अन्जनको सन्देश

राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी अञ्जन विष्टले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सन्देश दिएका छन् ।

१८औं आहा ! रारा गोल्डकपको उपाधि जितेपछि विष्टले जर्सीमा कोरोनबाट सुरक्षित रहन सन्देश दिएका हुन् ।

मनाङले शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै छैंटौं पटक उपाधि जितेको थियो ।

पोखरा रंगशालामा भएको उक्त खेल निर्धारित समय र थप गरिएको समय गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा, मनाङका लागि अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज बिक र रञ्जन विष्टले गोल गरे ।

सो खेलपछि २१ वर्षीय अञ्जनले कोरोनाबाट सुरक्षित रहौं लेखिएको आफ्नो टि–शर्ट देखाएका थिए ।

यसैगरी उनले आफ्ना सहकर्मीहरूसँग सामूहिक रूपमा सन्देश फैलाउँदै ‘नमस्कार पोज’मा फोटो खिचाएका थिए ।

हाल चीनबाट फैलन सुरु भएको कोरोनका कारण खेल जगत सशंकित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल इभेन्टहरू रोकिएका छन् ।

सम्बन्धित खवर