अस्पताल प्रबेश गर्न १ मिनेट हात धुनुपर्ने

अस्पताल प्रबेश गर्न १ मिनेट हात धुनुपर्ने

सिन्धुली,३ चैत्र – सिन्धुली अस्पतालमा हातधुने तरिका सहित सावुनपानीको व्यवस्था गरिएको छ । अस्पतालभित्र प्रवेश गर्नुअघि एक मिनेट सम्म मिचिमिचि हात धुन सावुनपानीको व्यवस्था गरिएको हो ।

सिन्धुली पनि को राना भा इरसको जो खिममा रहेकाले सावुनपानीले मिचिमिचि हात धोएर मात्र अस्पताल हाताभित्र प्रवेश गर्न सेवाग्राहीलाई अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष प्रल्लाद पोखरेलले जानकारी दिनुभयो ।

रो गहरु दु षित हातको माध्यमबाट शरीरमा पस्न सक्ने भएकाले सिन्धुली अस्पतालमा नै हातधुने तरिका सहित सावुनपानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सिन्धुली अस्पतालका चिकित्सकहरुका अनुसार मानिसले सफासँग हात धुने बानी बसालेमात्र पनि धेरै रो गहरुबाट मु क्ति पाइन्छ । नियमित सफासँग हात धुने गरेमा धेरैजसो सं क्रमणजन्य रो गहरु लाग्नबाट जोगिन सकिन्छ ।

सम्बन्धित खवर