विद्यार्थीहरुलाई निःशुल्क मास्क

विद्यार्थीहरुलाई निःशुल्क  मास्क

उदयपुर । कोरोना फैलिन नदिन त्रियुगा नगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको छ ।

सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि त्रियुगा नगर स्तरीय परीक्षामा सामेल कक्षा ८ का विद्यार्थीहरुलाई मास्क वितरण गरिएको हो ।कोरोनाबाट सुरक्षित राख्न र विद्यार्थीहरुलाई सचेत बनाउनका लागि २ हजार पाँच सय विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारीहरुलाई मास्क बितरण गरिएको हो ।

त्रियुगा नमूना मावि गाईघाटमा मेयर वलदेभ चौधरीले माक्स वितरण गरेका थिए भने अन्य विद्यालयहरुमा वडाका वडाअध्यहरुले माक्स वितरण गरेका थिए । भाईरसको संक्रमण बाट सजग हुदै परिक्षामा कुनै डर त्रासको समस्या नहोस भन्दै नगरपालिकाले विद्यार्थीहरुलाई माक्स वितराण गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

२५ निजी र ३९ सामुदायिक विद्यालय गरी ६४ वटा विद्यालयका कक्षा ८ तथा आधारभूत विद्यालय तहको परीक्षामा सहभागी विद्यार्थीहरुलाई माक्स वितरण गरिएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष तथा सामाजिक विकास संयोजक मान बहादुर राईले जानकारी दिए । उनका अनुसार १४ वटा परीक्षा सेन्टरका २ हजार ७० विद्यार्थी गरी शिक्षक, शिक्षिका तथा कर्मचारीलाई माक्स वितरण गरेको बताए । उनका अनुसार नगरपालिका सवै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई माक्स वितरण गर्ने योजना अनुसार पहिलो चरणमा आधारभूत विद्यालय तहको परीक्षामा सामेल विद्यार्थीहरुलाई माक्स वितरण गरिएको बताए ।

बढी मानिसहरुको भिडभाड हुने विद्यालयहरु भएको कारण सचेतना फैलाउनका लागि मास्क बितरण गरिएको उनले बताए ।

सम्बन्धित खवर