नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाहबाट लागुऔषध ब्राउनसुगर ५ ग्रामसहित पाँचथरको हिलिहाङ गाउँपालिका-६ का कमल मैनाली पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागुऔषधसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्द लागुऔषध कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिने जनाएको छ।




