राजेन्द्र महतो
प्रदेश संवाददाता, लहान ।
कोरोना भाइरसबाट बच्नका लागि प्रदेश नम्बर २ को सिरहामा रहेका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।
भारतमा कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमित व्यक्त्ति भेटिएपछि सिरहाको दक्षिणबर्ती क्षेत्रमा रहेमा ३ सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो ।
सिमा नाका माडर, बरियारपट्टि र ठाडी मा स्थापना गरिएको छ । हेल्थ डेस्कमा भारतबाट आउनेहरुलाई सोधबुझ र शंका लागेका व्यक्तिलाई इन्फ्रारेड थर्मोमिटरको सहायताले टाढाबाटै तापक्रम जाच्ने गरिएको छ।
यी नाकामा १२ दिन अगाडिदेखि नै हेल्थ डेस्क स्थापना गरिएको थियो तर उपकरण अभावका कारण व्यवस्थित हुन सकेको थिएन् । बिहीबारदेखि सिमा नाकामा टाढाबाटै तापक्रम नाप्ने इन्फ्रारेड थर्मोमिटरु राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डाक्टर कृष्णदेव यादवले जानकारी दिनुभयो । उक्त नाकामा बिहीबारदेखि बिहान ६ देखि राती १२ बजेसम्म स्वास्थ्यकर्मीहरु परिचालन गरिएको समेत डाक्टर यादवले जानकारी दिनुभयो ।
आइसोलेसन वार्ड स्थापनाका लागि पहल भइरहेको र कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने काम भई रहेको पनि उहाँले बताउनुभयो ।