कांग्रेस सभापति र कार्यकर्ताले भत्काए नेपाली भूमिको सीमा स्तम्भ

कांग्रेस सभापति र कार्यकर्ताले भत्काए नेपाली भूमिको सीमा स्तम्भ

कांग्रेस कार्यकर्ता र स्थानीयले मिलेर नेपाली भूमिमा गाडिएको सीमा स्तम्भ भत्काएका छन् । नेपाल भारत संयुक्त संर्वे टोलीले हालसालै निर्माण गरेको एक सहायक सीमा पिलर तोडफोड गरिएको हो ।

शनिबार (नेपाल–भारत) कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा गाडिएको ७८३ र ४ नम्बर पिलर तोडफोड गरिएको छ । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पुर्व संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा, हरेन्द्र सिहं बिष्ट, भोजराज बोहरा, गोपाल गुरुङ , जनक सिहं धामी , कृष्ण गिरी, गोपी प्रसाद उपाध्याय, प्रकाश राज पन्त, सहितका काँग्रेस जिल्ला, क्षेत्र र स्थानीय नेतृत्वको सीमा अनुगमन थियो ।

त्यही सीमा अनुगमनका क्रममा काँग्रेस कार्यकर्ता र स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तोडफोड गरेको थिए । उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरेर सीमा पिलर तोडफोड गरेका छन् । स्थानीय एव काँग्रेस कार्यकर्ताले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको बिरोध गरेका थिए ।

सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताउनु भयो । उहाँले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्वस्फुर्त रुपमा गरेको उल्लेख गर्दै उक्त कार्यप्रति समर्थन जनाउनु भयो ।

उहाँले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाउनु भयो । नेता बिष्टले सीमा विवादका विषयमा कांग्रेसले संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिनुभएको छ ।

त्यस्तै, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले पचासौँ वर्षदेखि नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएकोले यो सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको आरोप लगाउनु भयो । नेपाली जनतासंग उक्त जमिनको लालपूर्जा समेत रहेको उल्लेख गर्नुहुँदै सीमा क्षेत्रका नागरिकको आक्रोश स्वभाविक रहेको बताउनु भएको छ । उहाँले सीमा रक्षाका लागि कांगे्रस जहिलेपनि लागिरहने बताउनु भयो ।

काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिहं बिष्टले भारतीय बिस्तारवाद निति नेपालीलाई शैय नहुने बताए । उनले नेपाली भुमिमा पिलर गाडिनुमा सरकारले तत्काल कुटनैतिक पहलबाट एक्सन लिनु पर्ने समेत जिकिर गरे ।

यस्तै, नेपाली काँग्रेसका नेता जनक सिह धामीले भारतले नेपाली भूमी हड्प्नका लागि लालपुर्जाधारी नेपालीको जमिनमा सीमा पिलर गाडेको बिरोधमा स्थानीयले तोडफोड गरेको बताए ।

‘नेपालीको जमिनमा सीमा पिलर गाडिएको र गाड्नका लागि तयारी अवस्थामा रहेका खाडलको अनुगमन गर्ने कार्यक्रम थियो, ‘उनले भने, ‘हाम्रो अनुगमनका क्रममा स्थानीयबाट जनआक्र्रोस स्वरुप सीमा पिलर तोडियो ।’ उनका अनुसारले काँग्रेस नेताहरुले रोक्ने प्रयास गरेपनि जनआक्र्रोसको भिडले सीमा पिलर तोडेरै छाडे । संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्न र गाड्नका लागि खाल्टा पारेको थियो ।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिलर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा विवाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खगौला नाकातर्फ गएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले सरकारी लार्पबाहीका कारण नेपाली भूमि भारतमा पर्न लागेकाले काँग्रेस जिल्लाले सो क्षेत्रमा स्थलगत अनुगमन गर्ने क्रममा स्थानीयबाट तोडफोड गरिएको बताए ।

‘हामी त्यहाँ पुग्नु अवागै तोडफोड भईसकेको रहेछ, ‘उनले भने, ‘हामी र हाम्रा कार्यकर्ताबाट सीमा पिलर तोडिएको होईन् ।’ काँग्र्रेस सभापति बोहराले सीमा पिलर तोडिनुलाई जनआक्र्रोस भनेका छन् । सीमा पिलर तोडफोड भएपछि सो क्षेत्रमा सुरक्षा सर्तकता अपनाईएको छ ।

स्थानीयले पनि लालपुर्जाधारी जमिनमा सीमा पिलर परेकाले त्यसको बिरोध गर्दै आएका छन । कतिपय स्थानीयले भने सीमा क्षेत्रमा तोडफोड भन्दा पनि कुटनीतिक ढङगबाट सीमा समस्या समाधानमा सुझाव दिएका छन् ।

काङ्ग्रेस टोलीले बेलडाँडीको झिलमिलाफाँटा र वैवाहा, बेलौरीको भुडा र पचुँईमा सीमा स्तम्भको स्थलगत अनुगमन गरेको हो ।
रेडियो सुदुर संचारबाट

सम्बन्धित खवर