रानी भन्सारमा चरम लाहपर्वाही, बिहारबाट आउनेलाई कोरोना परीक्षण नै नगरी बिराटनगर

रानी भन्सारमा चरम लाहपर्वाही, बिहारबाट आउनेलाई कोरोना परीक्षण नै नगरी बिराटनगर

नरेस कुमार लाभ, बिराटनगर

विश्वभर कोरोनाको त्रास बढि रहेका बेला रानी भन्सारमा भने परीक्षण नै नगरी बिराटनगर प्रवेश गर्न दिइने गरेको छ । मोरङको जोगवनी स्थीत रहेको रानी भन्सारमा कोरोना भएको नभएको पत्ता लगाउनका लागि कोरोनाका लक्षण जाच्ने डेक्स स्थापना गरिएको छ । तर सामान्य यात्रु बाहेक अरुलाई परीक्षण नै नगरि प्रवेश दिने गरेको पाइएको हो ।

सामान्य पैदल यात्रुलाई ज्वरो आएको नआएको जाँच गर्ने र कोरोनाबाट बच्ने उपाए लेखिएको पम्प्लेट दिने गरिएको छ । सोही बाटो हुदै भारतको युपि बिहारबाट नेपाल भित्रिएका दुईवटा बस भने बिना चेकजाँच बिराटनगर आइपुगेका छन् । आखाको उपचारका लागि बिआर २८ पि ०६९० र बिआर २८ जि ३००८ नं. का दुई वटा बसमा करिब ८० जना भारतिय बिराटनगर १३ मा रहेको बिराट आखा अस्पताल आएका छन् । उनिहरुले बोर्डरमा कुनैपनि चेकजाँच नभएको र आफुहरु बसबाट सिधै आखा हस्पिटल आएको बताए ।

बोर्डरमा कोरोना चेकजाँचका लागि उषा मेहता र लिलम यादवलाई खटाइएको छ । आफुहरु डेक्समा बसेर निरन्तर जाँच गरिरहेको उषा मेहताले बताइन् । बाहिरबाट आउनेलाई प्रहरीले चेकजाँचका लागि पठाउने र आफुहरुको काम चेकजाँच गर्ने मात्रै काम रहेको मेहताको भनाइ छ । प्रहरीले भने बिहारका दुईवटा बसलाई बिना चेकजाँच बिराटनगर प्रवेश गर्न छुट दिएको पाइएको हो । यसरी गरिने गम्भिर लाहपर्वाहीले विश्वमा फैलिएको कोरोना नेपालमा सिधै प्रवेश गर्ने देखिन्छ ।

सम्बन्धित खवर