उदयपुरको सदरमुकाम गाईघाटसँगै जोडिएको त्रियुगा नगरपालिका– ११, चप्पन बरुवाधारका बासिन्दाले एक गाग्रो पानी पाउन चार दिन पर्खनुपर्छ ।
गाउँदेखि झण्डै छ किलोमिटर टाढा रहेको चिसापानी पाखाको मुहान सुक्दै गएपछि बरुवाधारवासी यो समस्या भोग्न बाध्य भएका हुन् ।
‘मुहानमै पानी सुक्दै गएपछि हिजोआज धारामा पानी भर्न चार दिनमा मात्रै पालो आउँछ, महिनाभरमा एउटा परिवारले चार–पाँच गाग्रोभन्दा बढी पानी पाउँदैनन्’– स्थानीय ईश्वरीप्रसाद खतिवडाले भने ।
मुहान नै सुक्दै गएपछि झण्डै २० वर्षअघि निर्माण गरिएको यो खानेपानी योजनाका धारामा पानी झर्न छोडेको हो । आजको गोरखापत्र दैनिकमा भक्तिविलास पोखरेलले यो समाचार लेखेका छन् ।