नगरप्रमुखद्वारा विद्युत लाईनको अनुगमन

नगरप्रमुखद्वारा विद्युत लाईनको अनुगमन

साँफेबागर नगरपालिका वडा नम्बर १४ पतालकोटमा विस्तार गरिएको विद्युत लाईनको अनुगमन गरिएको छ ।

 

वडा, नगर र प्रदेश सरकारबाट सञ्चालन भएको विद्युत विस्तारको साफेबगर नगरपालिका र विद्युत प्राधिकरण साँफेबगरले संयुत्त अनुगमन गरेको हो । पोलको लागि १० लाख नगरबाट, १० लाख प्रदेश सरकारबाट गरी २० लाख र बाँकी विद्युत प्राधिकरण कार्यालयबाट गरी ९५ पोल गाड्ने काम सम्पन्न भएको छ भने  तार तान्न बाँकी रहेको छ  । ९५ ओटै पोलमा प्राधिकरणबाट ११ केवि लाइन विस्तार गरिने शाखा प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

विद्युत विस्तारको लागि वडाका भासुवन, बैचाडा र सम्झना बजार गरी ३ वटा सडकले छोएको टोलमा ट्रान्समिटर राखिने भएको छ । बिद्युत बिस्तार गर्ने काम जारी रहेकाले बिद्युतका पोल, तार स्टे नछुन रेग्मीले पातलकोट बासीमा आग्रह समेत गर्नु भएको छ ।

अनुगामन पछि बोल्दै नगर प्रमुख कुवँरले साँफेबगर नगरपालिकाका सम्पूर्ण वडा, टोल टोलमा बिद्युत पुगाउने उदेश्यले बिद्युत बिस्तारको काम तिब्र पारीएको बताउनुभयो ।

अनुगमन टोलीमा नेकपा वडा कमिटी अध्यक्ष रामकृष्ण जोशी, जिल्ला कमिटी सदस्य रमेश कुँवर, नेपाली काग्रेसका वडा सभापति सञ्जु थापा, वडा नम्बर १ का वडा अध्यक्ष अमर बहादुर शाह, १४ का वडा अध्यक्ष कर्ण साउद, नगर शिक्षा शाखा प्रमुख हिरा दत्ता भट्ट, कालिका मावि पातलकोटका प्रधानाध्यापक वीर बहादुर थापा, इन्जिनियर  निराजन शाह, विद्युत प्राधकरणका दिपक खड्का, पतालकोट स्वास्थ्य  चौकी इन्चार्ज टेक बहादुर खड्का, वडा स्तरीय दलित झंकार विक, सञ्चारकर्मी लगायतको सहागिता रहेको थियो ।


यस्तै नगरप्रमुख कुवँरले वडा नम्बर १४ पातलकोटमा वडाबाट संञ्चालन भैरहेको ५४ दिने हाते होजियारी तालिको पनि अनुगमन गर्नु भएको थियो ।

सम्बन्धित खवर