नगरप्रमुखद्वारा विद्यालय अनुगमन

नगरप्रमुखद्वारा  विद्यालय अनुगमन

साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरको टोलिद्वारा पातलकोट र बुढाकोटका विद्यालयको अनुगमन गरिएको छ ।

टोलिले वडा नम्बर ९ का बुढाकोट माध्यामिक विद्यालय, कुलदेवी प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय, चण्डीका प्राथमिक विद्यालय गरी ४ वटा र पतालकोटको कालिका माद्यामिक विद्यालय र पिपलपार्क प्राथमिक बिद्यालयको वार्षिक परीक्षा र विद्यालय भवन घेरा प्रखालको पनि अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा कुलदेवी प्राथमिक विद्यालयमा शौचालय प्रयोग विहिन, झ्यालढोकाको अभाव, खानेपानी, डेस्क बेञ्चको समस्या रहेको पाईएको छ । नगर प्रमुख कुँरवले विद्यालयमा राउण्ड टेबुल मात्र भेटिएकाले नगरबाट डेस्क बेञ्च सहयोग गरिने बताउनु भयो । विद्यालयमा २ जना शिक्षक कार्यरत रहेका र ५÷६ महिनाको तलब पाउन बाँकी रहेको पाइएको छ । विद्यालय व्यावस्थापन समितिको समस्याका कारण विद्यालय व्यवस्थित हुन नसकेको नगर प्रमुख कुवँरले बताउनु भयो ।

यस्तै साँफेबागर नगरपालिका वडा नम्बर १४ पटलकोटको कालिका माद्यामिक विद्यालयको निर्मणाधिन २ ओटा भवनको पनि अनुगमन गरिएको छ । जिल्ला सामन्य समिति अछामबाट २०७४÷७५ को असार मसान्त सम्म सम्पन्न हुने गरी विनियोजित विद्यालयमा बन्न लागेको ३६ लाखको ४ कोठे भवन र १५ लाखको २ कोठे भवन गरी २ ओटा निर्मणाधिन भवनको पनि अनुगमन गर्नु भएको छ ।

अनुगमन पछि बोल्दै नगर प्रमुख कुँवरले विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाबाट सहयोग गरिने बताउनु भयो । अनुगमन टोलीमा नगर शिक्षा शाखा प्रमुख हिरा दत्ता भट्ट, वडा नम्बर १ बैजनाथका वडा अध्यक्ष अमर बहादुर शाह, वडा नम्बर १४ पातलकोटका वडा अध्यक्ष कर्ण बहादुर साउँद, नेपकापा जिल्ला कमिटी सदस्य रमेश कुँवर, इन्जिनियर निराजन शाह, सञ्चारकर्मी लगायतको सहागिता रहेको थियो ।

सम्बन्धित खवर