असिना पानीका कारण किसानहरु मारमा

असिना पानीका कारण किसानहरु मारमा

हावा हुरीसंगै आएको असिना पानीले खाद्यन्न बाली नष्ट गरेको छ । शनिबार दिउसो आएको असिना पानी साँफेबगर नगरपालिका १२ खप्तडमा शनिबार दिउसो परेको असिना पानीले बाली नाली नष्ट गरेको हो ।

पश्चिमी वायुको प्रभावले परेको पानीसँगै आएको असिनाले गहुँ, जौ, तोरी, आलु, मुसुरो लगायतका बालीलाई क्षेती खेती गरेको हो । असिना पानीले किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका वडा अध्यक्ष प्रकाश बहादुर रानाले जानकारी दिनु भयो ।

यस्तै शनिबार दिउसो परेको असिना पानीले मेल्लेख गाउँपालिकाका विभिन्न वडामा लगाइएका बाली पनि नष्ट गारेको छ । असिना पानीले साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको माथिल्लो क्षेत्रमा लगाईएका असिनाले तोरी, आलु, मुसुरो लगायतका बालीनाली पनि नष्ट गरेको जनाईएको छ ।

किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका भिमराज शाहले जानकारी दिनु भएको छ । हावा हुरीसंगै आएको असिना पानीले मेल्लेख गाउँपालिकाका धेरै वडाहरुमा पनि क्षेति र्पुयाएको छ ।

असिना पानीले आलु, तोरी, मसुरो लगायतका बाली नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिनु भयो । यस्तै असिनाले मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटमा पनि क्षेति पुर्याएको छ ।

असिनाले पानिले बान्नीगढी जयगढ गाउँपालिकामा पनि ठूलो क्षेती पुर्याएको जनाईएको छ । खेतीमा पारेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको शाहको भनाई रहेको छ ।

असिनाले खेतीमा पारेको क्षेतिको सम्पूर्ण विवरण आउन बाँकी रहेको छ । असिना पानीले बर्षेनी लगाएका बाली नाली नष्ट गरि दिदा यस क्षेत्रका किसानहरु मर्कामा परेका छन् ।

सम्बन्धित खवर