आयोजकको नमिठो हार, कानेपोखरी सुनवर्षी मेयर कपको फाइनलमा

आयोजकको नमिठो हार, कानेपोखरी सुनवर्षी मेयर कपको फाइनलमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी सुनवर्षी मेयर कपमा कानेपोखरी फाइनल प्रवेश गरेको छ । शनिवार भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक सुनवर्षी बि टिमलाई २–१ गोल अन्तरले पछि पार्दै कानेपोखरीले फाइनल यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । पटक पटक पाएका अवसरलाई गोल पोस्टको दिशा दिन नसक्दा दुवै टिमले अग्रता लिन सकेका थिएनन् । दोस्रो हाफमा भने कानेपोखरीका जर्सी नं. ६ का खेलाडी सन्तोस न्यौपानेले ५३ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पूनः ६७ औँ मिनेटमा जर्सी नं. १० का खेलाडी सुरज कार्कीले एक गोल थप्दै कानेपोखरीलाई दुई गोलको अग्रतामा ल्याए । आजको खेलको म्यान अफ दि म्याच कानेपोखरीका सन्तोष न्यौपाने भए ।

राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको सुनवर्षी बि टिमले आफ्ना थुप्रै अवसरहरु गुमाएको थियो । खेलको अन्तिम समय ७४ औँ मिनेटमा जर्सी नं. ७ का खेलाडी मनिस थापाले सान्तवना गोल गरे । एक गोलले पछि परेको टिमले अन्तिम समयमा निकै समहालिएर खेलेता पनि थप गोल गर्न नसक्दा फाइनल यात्रा गुमाउन पुग्यो । सुनवर्षीले अधिकांश ए डिभिजनका खेलाडीलाई मौदानमा उतारेको थियो । राष्ट्रिय टिमका रजिन धिमाल, मचिन्द्र क्लवका दिपक राई, बिजय धिमाल, कर्ण लिम्बू लागाएतका खेलाडी लिएर मैदान उत्रेको सुनवर्षीलाई नराम्रो हार चखायो कानेपोखरीले ।

फागुन १६ गते देखि जारी मेयर कपको फाइनल खेल चैत्र ४ गते हुने आयोजकले जनाएको छ । फाइनल खेल बेलबारी र कानेपोखरी बिचमा हुने भएको छ । बेलबारी यसअघि शुक्रबारको खेलमा सुनवर्षी ए टिमलाई हराउदै फाइनल प्रबेश गरेको छ । बिजेता टिमले १ लाख २१ हजार र उपबिजेता टिमले ६५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र हात पार्ने छ । समापन सत्रमा विभिन्न जातजातीका झाँकी सहित, नृत्य समेत प्रस्तुत गरिने आयोजकका अध्यक्ष यादव बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित खवर