एसईईमा अछाम जिल्लाबाट ४६६६ परीक्षार्थी सहभागि हुने

एसईईमा अछाम जिल्लाबाट ४६६६ परीक्षार्थी सहभागि हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा अछाम जिल्लाबाट ४६६६ परीक्षार्थी सहभागि हुने भएका छन् । आउँदो चैत्र ६ गतेदेखि १७ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षामा साधारण धारतर्फ छात्र २०४५ छात्रा २२४९ गरी कुल ४२९४ जना र प्राविधिक धारतर्फ छात्र ८१ छात्रा २८ गरी १०९ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई अछमका अनुसार नियमिततर्फ ४४०३ जना र ग्रेडवृद्धितर्फ १२३ जना छात्र १४० छात्रा सहीत कुल २६३ जना विद्यार्थी परिक्षामा सहभागी हुदैछन।

अछाम जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरि २४ जना केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा मर्यादीत पार्न सदाझै सुरक्षा कर्मी परीचालन गरीने र परीक्षा मर्यादीत पार्न सबैको साथ अपरीहार्य रहेको प्रमुख शिक्षा विकास तथा समन्वय इकाई अछाम प्रमुख लक्ष्मण गिरीले जानकारी दिनु भयो।

जिल्लाका सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिको दुवानी कार्य चलीरहेको चैत ३ गते भित्र सबै परीक्षा केन्द्रमा परीक्षा सामाग्री पुर्याइसक्ने समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । जिल्लाभित्र रहेका सामुदायिक संस्थागत गरि ९४विद्यालयका विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सामेल हुने बताइएको छ ।

सम्बन्धित खवर