उदयपुर ः अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच भएको जिल्ला कमिटि उदयपुरको एकता विरुद्धमा केहि असन्तुष्ट पक्षले नेतृत्व र एकताको विरुद्धमा कृत्ते हस्ताक्षर गरेको भन्दै अनेरास्ववियू उदयपुरले गम्भीर आपति जनाएको छ ।
अनेरास्ववियू जिल्ला कमिटि संयोजक बिमल कार्की र सह–संयोजक सरोज अधिकारीको सयुक्त उपस्थितिमा भएको सहमती र लामो छलफल पश्चात्त भएको ऐतिहासिक एकताको विरुद्धमा गरिएको कृत्ते हस्ताक्षर आपतिजनक रहेको अनेरास्ववियूका नेताहरुले बताएका छन ।
अनेरास्ववियू जिल्ला संयोजक बिमल कार्कीले भन्ने ‘ठुल्ठुला दुई संगठन बिचमा भएको ऐतिहासिक एकताको प्रक्रियामा सबैलाई न्याय हुन्छ ।’, “कसैलाई चित्त नबुझे, कोहि साथीहरु असन्तुष्ट छन्न, भन्ने सामाजिक संञ्जालमा, चिया पसलमा हैन, बैठकमा आफ्ना कुरा राख्न अनुरोध छ ।” उदयपुरका बिद्यार्थी नेताहरुले जिल्लामा उदयपुरकै अनेरास्ववियू केहि केन्द्रिय सदस्यहरुले आफ्नो स्वार्थ अनुसार अनावश्यक हस्तक्षेप गर्न खोजेको बताएका छन । ‘जिल्लाका पार्टीकै केहि नेताहरुले बिद्यार्थी नेताहरुलाई एकताको विरुद्धमा हस्ताक्षर गर्न दवाब दिने गरेको समेत पत्ता लागेको अनेरास्ववियूका एक नेताले बताए ।’
साथै केहि असन्तुष्ट पक्षले कोठामा बसेर भए नभएका बिद्यार्थीहरुको कृत्ते हस्ताक्षर गरेका छन् । त्यस्तै बिद्यार्थी नेता प्रवेश ठकुरीले सामाजिक संञ्जाल फेसबुक मार्फत आपति जनाउँदै स्टाट्स मा यस्तो लेखेका छन्,“आफुलाई बरिष्ठ बिधार्थी नेता हँु भन्नेहरु अरुलाई बिधि र पद्दति सिकाउनेहरुले होटलमा बसेर माईन्युट बनाएर बाहिर भएका साथीहरू को आफै कृत्ते हस्ताक्षर गरि कसैलाई नातागोता मार्फत दबाब दिएर जवर्जस्त हस्ताक्षर गराई हिडेर कसरी अनेरास्ववियूलाई बदनाम बनाउने भन्ने खालको खेल सिर्जना गर्दै हिडने मान्युटमा न मिति न गते राखेको छ । यसरी हस्ताक्षर गरेर माथिल्लो कमिटिमा पुर्याएको माईन्युटको निर्णय लाई नेतृत्वले कसरी लिन्छ होला संगठनलाई यसरी अराजक सिर्जना गर्ने प्रति नेतृत्वले कुन खालको कदम चाल्छ होला बाकि दिनमा हेर्न बाकि छ।”
त्यस्तै अर्का बिद्यार्थी नेता योग्राज खत्रीले सामाजिक संञ्जाल फेसबुकमा ‘अनेरास्ववियूको जिल्ला छनोट प्रक्रियामा केही असन्तुष्ट पक्ष हो । यो कमिटी बिधि र बिधान बिपरित बन्द कोठामा बसेर निर्णय गरियो भन्दै विद्यार्थी माझ हस्ताक्षर गराउदै आउनु भएका कम्रेडहरुलाई प्रश्न “कुन दिन मितिमा बैठक बसि निर्णय गरियो ? यहाँ त उल्लेख नै छैन।’ भनेर प्रश्न गरेका छन । साथै उनले विरोधीहरुले आफुलाई विवादमा ल्याउन अनेंका फन्टुस खेल समेत रचेको बताए । विशेष गरि पुर्व अनेरास्वविमा अलि विवाद रहेको पाईन्छ ।