सभापति भन्छन् काम गर्ने भए ईण्डिङ्ग मिण्डिङ्ग नगरी गर

सभापति भन्छन् काम गर्ने भए ईण्डिङ्ग मिण्डिङ्ग नगरी गर

डम्बर सिन्चिउरी, लेटाङ

नेपाली काँग्रेस मोरङ्गका सभापति एवं दोश्रो संविधान सभा सदस्य डिक बहादुर लिम्बूले जनप्रतिनिधिहरुले जनताको काम गर्ने भए कुनै ईण्डिङ्ग मिण्डिङ्ग नगरी गर्नु होला नत्र जनतालाई गुमराहामा पार्ने दुस्प्रयास गरे यस्ता कार्यको विरुद्ध आफू क्रियशिल हुने बताउनु भएको छ । उत्तरी मोरङ्गको एक मात्र नगरपालिका लेटाङ्गको छैटौं नगर सभालाई संबोधन गर्ने क्रममा शुक्रबार लिम्बुले उक्त कुरा बताउनु भएको हो ।

नेपाल सरकारको बहुचर्चित बैकल्पिक पुर्व पश्चिम निर्माणाधिन मदन भण्डारी लोक मार्ग सम्बन्धि विषयमा सोही कार्यक्रमका विशेष अतिथि रहनुभएका प्रदेश सभासद माननीय उपेन्द्र घिमिरेले उक्त लोक मार्ग सम्बन्धमा राख्नु भएको धारणा प्रती जवाफमा लिम्बुले यस्तो बताउनु भएको हो । मानिय घिमिरेले स्थानिय मोरङ्गि खोलामा पुल निर्माण बारेमा लिम्बुले राख्नु भएको जवाफ दिँदा मदन मार्गको निर्माणमा परेको द्विविधाले गर्दा नै हाल मोरङ्गी खोलाको पुल निर्माण कार्य ईण्डिङ्ग मिण्डिङ्ग भएको जवाफ दिनु भएको थियो । यसै विषयमा सभापति लिम्बुले मदन भण्डारी मार्गको बारेमा आफुले पहिलो पटक सार्वजनिक मञ्चमार्फत आफ्नो धारणा व्यक्त गरेको बताउँदै उक्त मार्गको बिषयमा धेरै बर्ष पहिले नै लेटाङ्गको वि.पि चौक हुँदै जाँतेको मदन चौक भएर जाने निर्णय समेत भैसकोले अब कसैले उक्त निर्णय बिपरित जंगलै जंगल लोक मार्ग लैजाने दुस्साहस् गरेमा आफु नेपाली काँग्रेसको झण्डा गाडेर निर्माण कार्य अबरोध खातिर सशक्त रुपमा लाग्ने समेत बताउनु भएको छ । बाटो भनेको बिकासको संबाहक हो, विकास जनताले भोग गर्न पाउनु पर्छ त्यसैले सके सम्म यो लोक मार्गले पनि वस्तिको विचै विच भएर जानू पर्ने भएकाले नै आफू यो अभियानमा सशक्त रुपमा लागिपरेको सभापति लिम्बुले बताउनु भएको छ ।

सोही अवसरमा अर्को सन्दर्भ जोड्दै लिम्बुले कर्मचारी भनेको स्थाई सरकार हो । प्रतिनिधि भनेको छणिक रुपमा आउने भएकाले पनि प्रतिनिधिले कर्मचारीसँग मिलेर काम गर्नुको विकल्पै नभएको बताउनु भएको छ । कर्मचारी ३० वर्ष सम्मै स्थायी रुपमा काम गर्ने तर प्रतिनिधि पाँच बर्ष सम्म मात्रै रहने भएकाले कर्मचारी सँग पौंठेजोरी खेल्ने हो भने प्रतिनिधिले चाहे जस्तो काम कहिले गर्न नसक्ने उदाहरण केही समय अगाडि सम्म लेटाङ्ले हेरिसकेकाले आज आफुले यस्तो सुझाउनु परेको बताउनु भएको छ ।

यसै गरी सोही अवसरमा सभालाई शुभकामना व्यक्त गर्ने क्रममा मोरङ्ग क्षेत्रनम्बर एकका प्रदेश सभासद माननीय उपेन्द्र प्रसाद घिमिरेले नेपालको संविधान २०७२ ले स्थानिय निकायलाई आफ्ना अधिकार कार्न्वयनमा पुर्ण स्वतन्त्रता भएकाले विधानलाई बाधक देखाएर स्थानिय जनप्रमुखहरुलाई जनताको अधिकार प्रदान गर्ने कामबाट पन्छिन छुट नभएको वताउनुभएको छ । साथै घिमिरेले आफ्नो मन्तव्य राख्ने क्रममा आफुले आफ्नो क्षेत्र विकासका लागि दुई बर्षको अवधिमा डेढ अरब भन्दा बढि रकम छुट्याई सकेको तर अझ पनि जनताको मुहारमा खुसि महसुस् गर्न नपाएको भन्दै उक्त मात्राको बजेट कार्यन्वयनमा सबैले साथ दिनु पर्नेमा जोड दिनु भएको छ ।

उक्त नगरसभालाई विभिन्न पार्टि तथा स्थानिय संघ संस्थाका प्रतिनिधिहरु साथै समाजसेवीहरुले सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्य राख्ने क्रममा तिनिधिहरुद्वारा नगरले वहुमतको हुँकार त्यागेर अगाडि बड्नु पर्ने, वजेट विनियोजन गर्दा समावेसितामा आधारित भै विभेद रहित ढंगबाट गर्नु पर्नेमा जोड दिएका थिए । यसै गरी विनियोजित बजेट कसैको चित्त बुजाउन नभै विकास गर्ने उद्येश्यबाट प्रेरितहुनु पर्नेमा जोड दिएका थिए । नगरले आगामी दिनमा निर्धारित समयलाई ख्याल गर्दै अगाडि बड्नु पर्नेमा समेत अधिकांश वक्ताले जोड दिका थिए ।

विगतको पाँचौं अधिवेशन बहिस्कार गरेको उपप्रमुख सहितको टोली हर्षित मुद्रामा सहभागी भएकोमा वक्ताहरुले यसको सिको गर्दै अगाडि बढेमा लेटाङ्गले छिट्टै समृद्धि पाउनेमा खुसीसमेत व्यक्त गरेका थिए ।

नगर प्रमुख शंकर राईको सभापतित्वमा सम्पन्न उक्त छैटौं नगरसभामा नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले पुरक विनियोजित बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खवर