काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ डेरा गरी बस्ने रवि भन्ने राजिव तामाङ र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ घर भएका २१ वर्षीय सरोज राई रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले बुप्रेनोर्फिन ६ सय ६० एम्पुल, डाइजेपाम ५ सय ९१ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, नाइट्राभेट ५ सय ४० ट्याब्लेट र नगद १ लाख ९४ हजार ५ सय रूपैया पनि बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




