डोटीमा एक वृद्ध मृतावस्थामा फेला

डोटीमा एक वृद्ध मृतावस्थामा फेला

शिखर नगरपालिकामा पर्ने डा केआइसिंह राजमार्गको गेरुपानीको सडकमा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार वडा नं २ कठालीगाउँका अन्दाजी ६६ वर्षीय अनिल मल्ल डडेल्धुरा दिपायल जोड्ने डा केआइसिंह राजमार्गको गेरुपानी सडकको नालीमा मृतावस्थामा फेला परेको छ।

मल्लको टाउकामा चोट लागेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । टाउकामा चोट लागेका कारण आफन्तले उनको हत्या भएको आशङ्का गरेका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मल्ल डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजार जान्छु भन्दै घरबाट हिँड्नुभएको उनका आफन्तले जनाएका छन् ।

सम्बन्धित खवर