घुस लिदै थप्पड हान्दै प्रहरी, प्रहरी भन्छ गम्भिर सड्यन्त्र भएको छ

घुस लिदै थप्पड हान्दै प्रहरी, प्रहरी भन्छ गम्भिर सड्यन्त्र भएको छ

पथरी, विभिन्न घुस काण्डहरु बजार आइरहेको कै छन् । कहिले ठुलदा माछा त कहिले साना माछा पासामा परिरहेकै छन् । पछिल्लो समय मोरङको पथरी इलाका प्रहरी कार्यालयले ५ हजार घुस लिएको र उल्टै पिडितलाई थप्पड हानेको विषयले बाहिर आएको छ ।

यही फागुन ११ गते पथरी शन्श्चिरे ३ का जोग बहादुर राईको घरमा सामान्य विवाद भएपछि इलाका प्रहरी कार्यालय पथरीको टोलिले पक्राउ गरेको थियो । एक रात इलाकामा बसेर छुट्ने क्रममा आफुलाई एकजना सादा पोशाकका प्रहरीले ५ हजार रुपैया घुस मागेको राईले आरोप लगाए छन् । सो विषयमा विभिन्न संचार माध्ययममा समाचार आएपछि २९ गते विहिबार प्रहरीले राईलाई इलाका बोलाएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप कुमार गिरीले राईलाई ८/१० जना प्रहरी देखाएर कसले रकम लिएको हो भनेर सोधपुछ गरेका थिए । सोही समयमा आफुलाई इलाका ल्याएर धम्कीपूर्ण भाषामा प्रस्नहरु गर्नेक्रममा आफूलाई तीन झापड दुई लात्ती हानेको पीडित राईले बताए । उनले भने–‘एक्कासि एक जना प्रहरी जवान आए अनि हावादारी कुरा गर्छस्, ढाड्छस भन्दै कुटपिट गरे’ । यद्यपि ५ हजार रुपैयाँ आफूबाट प्रहरीले लिएको कुरा डीएसपी गिरीलाई बताएको राईले जानकारी दिए ।

यस विषयमा बुझ्दा प्रहरी माथि गम्भिर सड्यन्त्र भएको डीएसपी गिरीले बताए । उनले भने –‘प्रहरीले पैसा लिएको समाचार आएपछि ४ घन्टा लगाएर सीसीटीभी फुटेज हेरेँ कसैले पैसा लिएको देखिएन । हामीलाई सड्यन्त्रूर्ण ढङ्गले समाचारहरु लेखिएका छन् । हामी गम्भिर अनुसन्धान गछौँ ।’ राईलाई ल्याएर सोध्ने क्रममा राईले घरी भित्र र घरी बाहिर पैसा दिएको दोधारे कुरा गरेको डिएसपी गिरीको भनाइ छ । प्रहरीको मनोबल गिराउन समाचार लेखिएको गिरीको बुझाइ छ ।

डीएसपी दिलिप कुमार गिरी पथरी आएपछि शान्ति सुरक्षा, चोरी नियन्त्रण भन्दा बढी मापासे चेकजाँचको नाममा ‘दादागिरी’को रुपमा प्रस्तुत हुन थालेको स्थानीयवासीको आरोप छ । पछिल्लो समय मापसे केही हद सम्म नियन्त्रण भएको भएता पनि चोहीका घटना भने बढेका छन् ।

सम्बन्धित खवर